सहरजिष्ट्रारमा विवादास्पद व्यक्ति नियुक्त गरेको भन्दै विरोध

4.51K
shares

काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालय हित तथा सरोकार समाजले विश्वविद्यालय नेतृत्वले विवादास्पद व्यक्तिलाई सहरजिष्ट्रारमा नियुक्ति तथा बिना योग्यता परीक्षण उपप्राध्यापकको बढुवा गरिएको भन्दै विरोध जनाएको छ। समाजका अध्यक्ष सञ्जीव रोकाहाले विज्ञप्ति जारी गरी विवादित राजेश झालाई सहरजिष्ट्रारमा नियुक्ति गरिएको र शैक्षिक योग्यताको परीक्षण नगरी उपप्राध्यापकको बढुवा गत जेठ २५ मा भएको विश्वविद्यालयसभाको कार्यादेश विपरीत भएको दाबी गरेका छन्।

झा विगत १८ वर्षदेखि विश्वविद्यालयको विभिन्न पदमा रहँदै आएका छन्। विश्वविद्यालयमा सहरजिष्ट्रारको पद हालसम्म सिर्जना नगरिएको र हाल कार्यकारी परिषद्मा डीनबाट चयन हुने सदस्य पद रिक्त भई उपकुलपति र रजिष्ट्रार मात्र रहेको स्थितिमा यस्तो निर्णय गरिनु प्रक्रियागतरुपमा त्रुटिपूर्ण रहेको उनले बताए।

रोकाहाले यसबारे नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सम्बन्धित कमिटीले पनि ध्यानाकर्षण गराउने जानकारी दिए। उनले विश्वविद्यालयको छवि बचाउन कुलपतिका हैसियतले विश्वविद्यालयका उपकुलपति डा.घनश्यामलाल दासलगायतलाई बर्खास्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेका छन्। रासस


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083