प्रधानमन्त्री ओलीका मतदाताले दिए अनसनको चेतावनी
वि.सं.२०७५ माघ ३ बिहीवार ११:१४
4.13K
shares
shares

काठमाडौं । सुरक्षाको माग गर्दै काठमाडौ आइपुगेका प्रधानमन्त्री केपी शर्मा ओलीका मतदाताले आफ्नो माग उपर सुनुवाइ नभएको र १० दिन पर्खदा पनि प्रधानमन्त्रीलाई भेट्न नदिइएकाले काठमाडौँमै रिले अनसन बस्ने चेतावनी दिएका छन् ।
झापामा स्थापना गर्न लागिएको दमक औद्योगिक क्षेत्र लिमिटेडले अधिग्रहण गरेको जग्गाको उचित मुआब्जाको माग गर्दै उनीहरुले मुआब्जा दिनुको साटो मोवाइलबाट ज्याने मार्ने धम्की आएको गुनासो गरेका छन ।
औद्योगिक क्षेत्र व्यवस्थापन संघर्ष समितिद्वारा बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा समिति सचिव करनसिंह बस्नेतले अधिग्रहण गरिएको जग्गाबापत उचित मुआब्जा नदिइएको बताए ।






























