सिजी टेलिकमको पक्षमा जारी गरिएको अन्तरिम आदेश सर्वोच्चद्धारा खारेज

6.31K
shares

काठमाडौं । सर्वोच्च अदालतले सिजी टेलिकमको विषयमा जारी गरेको अन्तरिम आदेश खारेज गरेको छ। टेलिकमको पक्षमा सर्वोच्चका न्यायाधीश दीपकराज जोशीले पुस १० गते अन्तरिम आदेश जारि गरेका थिए।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश ईश्वर खतिवडाको पूर्ण इजलासले यस अघिको अन्तरिम आदेश आधार र कारण नभएको भन्दै खारेज गरेको हो। सर्वोच्चले सिजी कम्युनिकेसन प्रालिलाई मोबाइल सेवा सञ्चालनका लागि आवश्यक अनुमति प्रदान गर्न नेपाल दुरसञ्चार प्राधिकरणलाई अन्तरिम आदेश दिएको थियो। सिजी टेलिकम उद्योगपति विनोद चौधरीको स्वामित्वमा रहेको छ।

नेपाल दुरसञ्चार प्राधिकरणका तर्फबाट निमित्त कार्यालय प्रमुख पुरुषोत्तम खनालले सर्वोच्चमा भ्याकेटको निवेदन दिएका थिए। जोशीले जारी गरेको अन्तरिम आदेशलाई खारेजीको माग गर्दै प्राधिकरण सर्वोच्च गएको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083