कांग्रेस नेता केशव रेग्मीको निधन
वि.सं.२०७५ माघ ४ शुक्रवार १०:३४
shares

काठमाडौं। नेपाली कांग्रेसका पुराना, त्यागी र इमान्दार नेताको छवि बनाएका केशव रेग्मीको उपचारका क्रममा शुक्रबार निधन भएको छ। लामो समयदेखि श्वासप्रश्वासको रोगबाट ग्रसित रेग्मीको उपचारका क्रममा निधन भएको नेपाल पत्रकार एंव न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले जानकारी दिए। उनको आजै पशुपति आर्यघाटमा अन्तेष्टी गरिएको छ।
उनको पार्थिव शरीरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइरालाले पार्टीको झण्डा ओढाएका थिए। २०२३ सालमा गण्डकी छात्रा समितिको स्थापनाकालका सदस्य एंव नेपाल बिद्यार्थी संघको स्थापना रेग्मीको ठुलो योगदान रहेको कांग्रेस वरिष्ठ नेता पौडेलले जारी गरेको शोक वक्तब्यमा उल्लेख छ।
‘२०२३ सालमा गण्डकी छात्रा समिति गठन गर्दा केशव जी र हामीले एकैसाथ काम गरेका थियौं। त्यो पछि गण्डकी साहित्य सम्मेलन गरेको मलाई अहिले पनि संझना छ। उहाँ गण्डकी छात्रा समितिको सदस्य पनि हुनुभएको थियो । पछि नेपाल बिद्यार्थी संघको स्थापना गर्दा पनि केशव जी हाम्रो साथमा हुनुहुन्थ्यो’, पौडेलले जारी गरेको शोक वक्तब्यमा भनिएको छ–‘मैले बिद्यार्थी कालमा केशव जीसंग धेरै समय बिताएको छ’ । बिद्यार्थी राजनीति मात्र होइन जेलमा समेत केशव जीसंगै धेरै समय विताएको छु।
पत्रकार पराजुलीका अनुसार उनले जीवनभर आफू रोग र पिडाले छट्पटिंदा पनि प्रजातन्त्र र नेपाली कांग्रेसको मात्र चिन्ता लिइरहने गर्थे। उनका दुई श्रीमती छन्।






























