प्रधानमन्त्री ओली आज स्वीट्जरल्याण्ड भ्रमणमा जाँदै

5.19K
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वीट्जरल्याण्ड जाँदैछन् । डावोसमा हुने विश्व आर्थिक मञ्चको बैठकमा सहभागी हुन प्रधानमन्त्री त्यसतर्फ जान लागेका हुन । ८ देखि ११ माघसम्म हुने बैठकका दुई वटा सत्रलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

४९औँ वार्षिक बैठकका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न देशका राजनीतिक नेतृत्व तथा व्यवसायीसँग भेटवार्ता गर्ने कार्यक्रम समेत तय भएको छ । भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री डाक्टर युवराज खतिवडा लगायत छन् । प्रधानमन्त्री भ्रमण सकेर १२ गते स्वदेश फर्कने कार्यक्रम छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083