डा. केसीलाई जनरल वार्डमा सारियो

4.36K
shares

काठमाडौँ । विगत ३ दिनदेखि त्रि।वि शिक्षण अस्पतालको आइसियूमा उपचारत डाक्टर गोविन्द केसीलाई आज जनरल वार्डमा सारिएको छ ।

केसी आफैले आइसियूबाट वार्डमा सार्न चिकित्सकहरुलाई अनुरोध गरे पछि सार्ने तयारी गरिएको छ । आफू लामो समय आइसियूमा बस्दा आईसियूमा उपचार गर्नुपर्ने सार्वसाधरणलाई समस्या नहोस् भन्दै आईसियूबाट वार्डमा सार्न आग्रह गरेपछि सारिएको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए ।

डाक्टर केसी विगत १२ दिनदेखि अनसन बस्दै आइरहेका छन् । उनले १५ औँ अनसनमा सरकारले ०७५ साउन १० गते गरेको सम्झौता ५ महिनासम्म पनि कार्यान्वनको छाँटकाँट नदेखाएको भन्दै १६ औँ अनसन थालेका थिए ।

अनसन बसेको ३ दिनदेखि नै डा. केसीको स्वास्थ्यमा समस्या देखिएको थियो । अनसन बसेको १० दिनमा उपचारको लागि काठमाडौँ ल्याइएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083