माइतीघरमा डा. केसी समर्थकका नारा ‘नेकपाका सांसद, माफियासँग गदगद’

6.62K
shares

काठमाडौँ । संसदबाट पारित भएको चिकित्सा शिक्षा विधेयकको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।

सोलिडारिटी फर डाक्टर गोविन्द केसीको अगुवाइमा भएको प्रदर्शनमा बहुमत दिने जनता, फाइदा लुट्ने नेता भन्दै विरोध गरिएको छ। उनीहरूले डाक्टर केसीले उठाएका चिकित्सा शिक्षा सुधारका माग पूरा गर्न सरकारसँग माग गरेका छन्।

सरकारले आफैंले गरेको सम्झौताविपरीत चिकित्सा शिक्षा ऐन ल्याएको भन्दै विरोध भएको हो। जनताको स्वास्थ्यमा खेलवाड गर्न नपाइने र माफियामुखी चिकित्सा शिक्षा ऐन चाहिँदैन भन्दै उनीहरूले प्रदर्शना गरेका हुन्।

‘चरेशको थालमा मार्सीको भात, कहाँ गयो तिम्रो समाजवादरु नेकपाका सांसद माफियासँग गदगद, ओली सरकारको घडीमा माफियाको ब्याट्री, कान खोली सुन ओली र प्रचण्ड, तिम्रो माफिया मोहले समाजवाद आउँदैन’ जस्ता नारा लगाउँदै उनीहरू बानेश्वरतर्फ बढेका छन्। बानेश्वर पुगेर र्‍याली कोण सभामा परिणत हुनेछ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083