अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरण बन्द, दिउँसोमात्र खुल्ने अनुमान

4.95K
shares

काठमाडौँ । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सबै उडान अवतरण बन्द भएको छ । अहिले काठमाडौं उपत्यकामा सिमसिम वर्षा भइरहेको छ र भिजिबिलिटी एकदमै कम छ । त्यसैले विहानैदेखि अन्तर्राष्ट्रिय र राष्ट्रिय उडान अवतरण बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । उनले भने, ‘एयरपोर्ट पूरै क्लोज छ । कुनै पनि उडान अवतरण हुन सकेको छैन ।

टाढाबाट आएका विमानहरु नजिकको एयरपोर्टमा डाइभर्ट भएको र नजिकका एयरपोर्टबाट काठमाडौं हुने उडान रोकिएको उनले जानकारी दिए । मौसमविद समिर श्रेष्ठका अनुसार एयरपोर्ट क्षेत्रमा पानी पर्न रोकिए पनि भिजिबिलिटी १ सय मिटरमा झरेको छ । तर उडान अवतरणका लागि १५ सय मिटरसम्म भिजिबिलिटी चाहिने भएकाले उडान अवतरण हुन सकेको छैन । उडान हुन नसक्दा बिहानै एयरपोर्ट पुगेका यात्रुहरु बिचल्लीमा परेका छन् ।

मौसमविदका अनुसार काठमाडौंको आकाश दिउँसोतिर खुल्ने अनुमान छ । मौसमविद श्रेष्ठले अनलाइनखबरसँग भने, ‘हिजोको सिस्टम बाँकी रहेकाले काठमाडौंमा मौसम बदली भएको हो । देशको मध्य र सुदूरपश्चिममा पनि बदली छ । त्यो बादल पनि पातलिँदै गएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083