शिक्षण अस्पतालभित्र तनाव, प्रहरी र चिकित्सकबीच झडप

5.93K
shares

काठमाडौं । शिक्षण अस्पताल महाराजगञ्जभित्र तनाव भएको छ । आवासीय चिकित्सकहरुले १९ दिनदेखि आमरण अनसनरत डा गोविन्द केसीको पक्षमा प्रदर्शन गर्न खोज्दा स्थिति तनावपूर्ण बनेको हो । प्रहरीले अस्पताल हाताभित्र प्रदर्शन गर रोक लगाउन खोजेपछि स्थिति तनावपूर्ण बनेको चिकित्सकहरुले बताएका छन् । चिकित्सकहरुले प्रहरीसंग भनाभन र झडप समेत भएको बताएका छन् ।

सरकारले डा केसीको स्वास्थ्य गम्भीर बन्दासमेत अनसन तोडाउनेबारे कुनै पहल थालेको छैन । त्यसैगरी चिकित्सकको आग्रह विपरीत संसदबाट शुक्रबार चिकित्सा शिक्षा विधेयक २०७५ पारित भएपछि चिकित्सकहरु थप कठोर बनेका छन् ।

नेपाल चिकित्सक संघले दिएको ७२ घण्टे अल्टिमेटम सकिएको छ । दिउँसो शिक्षण अस्पतालमै भेला भएर चिकित्सकहरुले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेपछि सरकारले प्रहरी प्रशासन लगाएर संघका पदाधिकारीलाई कार्वाही गर्न निर्देशन नै दिएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083