विदेशबाट ल्याउँदा एयरपोर्टमा जफत गरीएको मदिरा लिलामीमा !

4.88K
shares

काठमाडौं । विदेशबाट घर फर्कँदा नेपालीले ल्याएको मदिरा जफत गरेर त्रिभुवन विमानस्थल भन्सार कार्यालयले लिलामीमा राखेको छ। भन्सारले जफत गरेको मदिराको ब्राण्ड भने खुलाइएको छैन।

इच्छुकहरुले फागुन ६ गतेसम्म मदिरा बोलकबोलमार्फत् उठाउन सक्नेछन्। भन्सारले मदिराका साथै आइफोन, यार्सागुम्बा, ट्रेकिङ जुत्ता, मोटर ट्रान्सफर्मर, कुर्तासुरुवाल, ड्रोन क्यामेरा, लिथिनियम ब्याट्री, स्मार्ट वाच, कार्बनको मोबाइल, मार्लबोरो चुरोट लिलामीमा राखेको छ।

मदिराको लिलामी सात वटा लटमा निष्कासन गरेको छ। भन्सारले कुल २ हजार ९ सय १७ बोतल मदिरा लिलामीमा राखेको हो। यसको कुल मूल्य ६१ लाख ६१ हजार ५ सय ५८ रुपैयाँ तोकिएको छ। जसले बढी मूल्य हाल्छ उसले मदिरामा दावी गर्न पाउनेछ।

Image result for मदिरा जफत

पहिलो लटमा १ सय ७५ बोतल मदिराको आधार मूल्य ३ लाख १६ हजार ३ सय २५ रुपैयाँ कायम गरिएको छ। दोस्रो लटको २ सय ६६ बोतलका लागि ५ लाख ६१ हजार ५ सय रुपैयाँ कायम गरिएको छ। तेस्रो लटको ३ सय १७ बोतलका लागि ६ लाख ६३ हजार ७ सय ८० रुपैयाँ कायम गरिएको छ।

चौथो लटको ४ सय ६९ बोतलका लागि १० लाख ६५ हजार ४ सय २५ रुपैयाँ आधार मूल्य तय गरिएको छ। पाँचौ लटको ५ सय ८४ बोतलका लागि १२ लाख ७३ हजार ६ सय ७८ रुपैयाँ मूल्य तय गरिएको छ भने छैटौं लटको ८ सय ४१ बोतलका लागि १८ लाख ६२ हजार १ सय ७५ रुपैयाँ मूल्य तोकिएको छ। अन्तिम लट २ सय ६५ बोतलका लागि ४ लाख १८ हजार ६ सय ७५ रुपैयाँ आधार मूल्य तय गरिएको छ।

Related image

आइफोन सिक्स र आइफोन सिक्स प्लस २६ थानको मूल्य ६ लाख २४ हजार तय गरिएको छ। ७ सय २६ ग्राम यार्सागुम्बाको मूल्य ८ लाख रुपैयाँ तय गरिएको भन्सारले जनाएको छ। यसैगरी १४ सय ४० जोर ट्रेकिङ जुत्ताको मूल्य पाँच लाख रुपैयाँ तोकिएको छ। मोटर ट्रान्सफर्मर तीन सेटको मूल्य ८ लाख रुपैयाँ र भरेको कुर्तासुरुवाल ९ आइटमको आधार मूल्य ६ लाख ९० हजार रुपैयाँ कायम गरिएको छ।

इएफटी पिओएस टर्मिनल ५ सय थानको मूल्य ७२ लाख रुपैयाँ तोकिएको छ। तीन थान फ्यान्टम फोर एडभान्स ड्रोन क्यामेरा, ३ सय ६० थान लिथिनियम ब्याट्री, १५ सय ८३ स्मार्ट वाच, कार्बन जम्बो के ९ मोबाइल १९ सय ८० थान, कार्बन के ८५५ मोबाइ ४०० थान र मार्लबोरो १७ हजार डब्बा चुरोको मूल्य एकमुस्ट ४५ लाख रुपैयाँ तोकिएको छ भने क्रिकेट ह्न्डब्याक १५० थानको मूल्य १० हजार रुपैयाँ तोकिएको छ। भन्सारले मदिरासहित कुल २ करोड १२ लाख रुपैयाँ बराबरको मूल्यांकन गरी जफत गरिएका सामग्री लिलामीमा राखेको हो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083