मन्त्रालय सक्रिय नहुँदा स्वास्थ्य क्षेत्रमा गम्भिर चुनौती खडा भएको समितिको निष्कर्ष

5.69K
shares

काठमाडौँ । संघीय संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्र्तगतको स्वास्थ्य उपसमितिले सरकारले सक्रियता नदेखाए मुलुकको स्वास्थ्य क्षेत्रमा गम्भिर चुनौती खडा हुने निष्कर्ष निकालेको छ। संघीय संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्र्तगतको स्वास्थ्य उपसमितिले मंगलबार समितिलाई बुझाएको प्रतिवेदनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो काममा सक्रियता नदेखाए मुलुकको स्वास्थ्य क्षेत्रमा गम्भिर चुनौती खडा हुने उल्लेख गरिएको हो।

सम्बन्धित मन्त्रालयले सक्रियताका साथ आफ्नो काम नगरे मुलुकको स्वास्थ्य क्षेत्रमा गम्भिर चुनौती खडा हुने देखिएको उपसमितिका संयोजक खगराज अधिकारीले जानकारी दिए। स्वास्थ्य मन्त्रालय र त्यस अन्तरगतको अस्पतालहरुसँग अन्र्तक्रिया गरी तयार पारिएको सो प्रतिवेदनमा जनताको सेवा प्रवाहमा गम्भिर समस्या हुने देखिएको उल्लेख गर्दै सो समस्या समाधानका लागि सरकारलाई सक्रियताका साथ काम गर्न पनि सचेत गराइएको छ।

उपसमितिले सबै पालिकाहरुमा अस्पताल बनाई परिचालनको लागि आवश्यक व्यवस्था गर्न सरकारलाई सचेत गराउनपर्ने सुझाव पनि दिएको छ। त्यसैगरी केन्द्रिय अस्पतालहरुको फार्मेसी, इमर्जेन्सी, आईसियू, सिसियू, जेनेरल वार्ड, ओपिडी न्यूनतम मापदण्डको पनि नभएको उल्लेख गर्दै त्यसको उचित व्यवस्था गर्नुपर्ने, स्विकृति नलिई संचालनमा रहेका औषधि पसलहरुलाई प्रतिवन्ध गराउने व्यवस्थालाई कडाईका साथ पालना गराउन पनि सरकारलाई सचेत गराउनुपर्ने सुझाव पनि प्रतिवेदनमा उल्लेख गरिएको उपसमितिका संयोजक अधिकारीले बताए।

उपसमितिले स्थानीय तहसम्म विशेषज्ञ सेवा विस्तार गर्ने काममा ढिलाई नगर्न पनि सरकारलाई निर्देशन दिनुपर्ने निष्कर्ष निकालेको छ। स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी बनाउन पनि सरकारलाई सुझाव दिनुपर्ने सुझाव पनि दिइएको उपसमितिका संयोजक अधिकारीले बताए।

विभिन्न २० वटा अस्पतालहरुसँग अन्तरक्रिया गरी तयार पारिएको प्रतिवेदनमा स्वास्थ्य नीतिलाई समय सापेक्ष बनाउन पनि सरकारलाई सुझाव दिइएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083