आजको राशिफल यस्तो छ

5.27K
shares

वि.सं. २०७५ साल माघ २३ गते । बुधबार इश्वी सन् २०१९ फेब्रुवरी ६ तारिख। नेपाल संवत् ११३९ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– द्वितीया, २९स्५६ बजेउप्रान्त तृतीया।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,
आयस्रोत राम्रो देखिए पनि उठेको रकम सरसापटमा बाहिरिन सक्छ। धन सञ्चय नभए पनि दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। व्यापारमा लाभांश बढ्नाले मन उत्साहित हुनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्। लगानीका रूपमा सञ्चित धन उपयोग गर्दा लाभ हुनेछ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )न्झष्लष्अवसरसँगै चुनौतीसमेत देखा पर्नेछन्। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ। सामाजिक कामको जिम्मेवारी बढ्नेछ। अध्यात्मभाव जागृत हुनुका साथै धर्मकर्म र परोपकारी काममा प्रवृत्त भइनेछ। स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। गोपनीयता बाहिरिनाले काम दोहोर्याउनुपर्ला।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
रमाइलो यात्रा गर्ने अवसर जुर्नेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिन सक्छ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनग्गे आम्दानी दिलाउनेछ। विभिन्न सहयोग र उपहार प्राप्त होला। तारिफयोग्य काम सम्पादन हुनेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। पुरुषार्थद्वारा प्रशस्त लाभ उठाउन सकिनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। चुनौती चिर्दै काम बनाउन सकिनेछ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अवसर र व्यवधानका बीचबाट कर्मफल हातपार्न सफल भइनेछ। धैर्य एवं लगनशीलताले मात्र उपलब्धि प्राप्त हुनेछ। कामको मेसो नमिल्दा पछि परिनेछ। अरूका लागि बुद्धि खर्चनुपर्ला। पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। तापनि प्रयत्न गर्दा पछिलाई फाइदा हुनेछ। श्रम परे पनि अरूको उपकार गर्न सकिनेछ। ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका पाइनेछ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त बन्नुपर्ला। बिनाकारण आफन्त, साथीभाइ टाढिन सक्छन्। साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। प्रतिस्पर्धीहरू पछि पर्नेछन् । मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन्।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सम्पादित कामबाट मनग्गे धन लाभ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। बोलीको भरमा काम सम्पादन हुन सक्छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
करकापमा परी काममा जुट्नुपर्ने वा विशेष निर्णय लिनुपर्ने परिस्थिति आउन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। छर(छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुपर्ला। आकस्मिक खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ला।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083