अमेरिकी राजदूतसँग ओलीले भने-प्रचण्डको वक्तव्यमा ‘शब्द चिप्लिएको’ हो
वि.सं.२०७५ माघ २४ बिहीवार ११:०६
shares

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वक्तव्यमा ‘शब्द चिप्लिएको’ भन्दै अमेरिकी राजदूतलाई त्यसबाट नेपाल–अमेरिका सम्बन्धमा असर नपर्ने र पर्न नहुने सम्झाएका छन्। भेनेजुएला प्रकरणबारे दाहालको वक्तव्यप्रति असन्तुष्ट अमेरिकी राजदूत र्यान्डी बेरीलाई सोमबार भेट दिँदै प्रधानमन्त्री ओलीले राष्ट्रपति डोनाल्ड ट्रम्पको जिब्रो चिप्लिएजस्तै रूपमा लिन अथ्र्याएका थिए।
ओलीलेभने, ‘हाम्रो कुनै विवाद होइन, कहिलेकाहीँ (राष्ट्रपति) ट्रम्पको पनि टङ स्लिप हुन्छ, हाम्रा प्रचण्डजीको पनि वर्ड स्लिप भएको हो। स्लिप भएपछि भयो। दुई–तीन शब्द बढी गएको हो ।’ ट्रम्पले ह्वाइट हाउसमा सुरक्षा अधिकारीहरूको ब्रिफिङमा नेपाल भारतमा पर्ने भन्ने होइन र भन्दै अज्ञानता प्रकट गरेको खुलासा हालै ‘टाइम’ म्यागेजिनले गरेको थियो। बुझिएअनुसार राजदूत बेरीले आगामी सम्बन्ध कसरी अर्थपूर्ण र महत्त्वशाली बनाउनेबारे प्रधानमन्त्रीसँग भनाइ राखेका थिए।




























