घरभाडामा बस्नेको विवरण खोज्दै सरकार

9.7K
shares

काठमाडौं । नेकपाका कारण संसद् बन्धक बनेको समाचारदेखि भ्रमण वर्षको तयारी, सूचना प्रविधि विधेयकसम्मका खबरले आजका दैनिक पत्रिकाहरूमा प्राथमिकता पाएका छन् । यसबाहेक एमसीसी, कांग्रेसभित्रको किचलो र उखुकिसानको पीडालाई पनि पत्रपत्रिकाहरूले समेटेका छन् ।अन्नपूर्ण हिमशृंखला र त्यसको दृश्यावलोकन गरिरहेका पर्यटकको तस्वीर छापेको कान्तिपुरले नेकपाको खिचातानीले संसद् बन्धक बनेको लेखेको छ ।

नेकपा अध्यक्षद्वयबीच सभामुख कसलाई बनाउने भन्ने विषयमा सहमति जुट्न नसकेको र त्यही संसद् बैठक एकपछि अर्को पछि धकेलिएको भन्दै कान्तिपुरले नेकपाको कार्यशैलीमाथि प्रश्न उठाएको छ । सूचना प्रविधि विधेयक सच्याउन नेपाल पत्रकार महासंघले गरेको आग्रह र एमसीसीको अनुदान स्वीकार गर्न नहुने भनेर नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले व्यक्त गरेको भनाइलाई पनि कान्तिपुरले पहिलो पृष्ठमा समेटेको छ ।

विवादित तपस्वी रामबहादुर बम्जनका अनुयायीले उनको जन्मथलो वरपर अरू धार्मिक गतिविधिमा रोक लगाउँदै अटेर गरे भौतिक आक्रमण गर्ने धम्की दिएको खबर पनि कान्तिपुरले छापेको छ ।

बम्जनको जन्मस्थलमा निर्माणाधीन बौद्ध गुम्बाको काम पनि उनीहरूले गरेका छन् ।‘उहाँ (रामबहादुर बम्जन) को मैत्रीय धर्मबाहेक अन्य धर्मको कुनै पनि गतिविधि नगर्न अनुयायीले उर्दी जारी गरेका छन्’, गुम्बा निर्माण समितिका अध्यक्ष वीरबहादुर थिङको भनाइ कोट गर्दै कान्तिपुरले लेखेको छ, ‘गुम्बा बनाउनेलाई हातखुट्टा भाँचिदिने धम्की आएको छ ।’

उक्त धम्कीपछि समितिले शान्ति सुरक्षा माग गर्दै गुम्बा निर्माण जारी राख्ने वातावरण बनाउन जिल्ला प्रशासन कार्यालय र निजगढ इलाका प्रहरी कार्यालयमा निवेदन दिएका छन् ।

निजी चिनी उद्योगको मनोमानीका कारण उखु किसान थप मर्कामा परेको निष्कर्ष अन्नपूर्णले निकालेको छ । सरकारी स्वामित्वको वीरगञ्ज चिनी उद्योग र लुम्बिनी चिनी उद्योग बन्द भएपछि उखुमा निजी क्षेत्रले सिन्डिकेट कायम गरेको छ । सिन्डिकेटपछि उत्पादन घटेको अन्नपूर्ण समाचारमा उल्लेख छ ।

नागरिकले गुटगत स्वार्थका कारण कांग्रेसमा कलह बढेको लेखेको छ भने गोरखापत्रले भुक्तानी नदिने उद्योगीलाई कारबाही गर्न पत्राचार गरिएको समाचार छापेको छ ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज