कोरोना महामारी साम्य भएलगत्तै लोकसेवा परीक्षा हुने
वि.सं.२०७७ जेठ ३ शनिवार १०:४४
shares

काठमाडौं । लोकसेवा आयोगले पहिलो चरणमा परीक्षा भएका र विज्ञापन खुलाएका सबै पदको परीक्षा कोभिड–१९ को महामारी साम्य भएपछि लिने भएको छ । लोकसेवाको परीक्षा के हुने भन्ने अन्योल भइरहेको बेला आयोगले महामारी साम्य भएलगत्तै स्थगित परीक्षा लिने जनाएको छ ।
लोकसेवा आयोगकी प्रवक्ता गीताकुमारी हुमागाईंले आयोगले लिन बाँकी पदको परीक्षा विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को महामारी शान्त भएपछि लिइने बताइन् । पहिलो चरणमा परीक्षा भएका र आयोगले फाराम बुझेका सबै परीक्षा नियमित रूपमै हुने हुमेगाईंले जानकारी दिइन् । ‘फाराम रद्द होइन, स्थगित गरिएको हो,’ प्रवक्ता हुमेगाइले भनिन् ।
प्रवक्ता हुमेगाईंका अनुसार लोकसेवाको वार्षिक तालिकाअनुसार खुलाउनुपर्ने पदको विज्ञापन भने नखुल्ने भएको छ । अब खुलाउने विज्ञापनमा भने सरकारसँग छलफल गरेर निष्कर्षमा पुग्ने प्रवक्ता हुमेगार्इंले जानकारी दिइन् । ‘यस विषयमा आयोगमा छलफल भइरहेको छ,’ प्रवक्ता हुमेगाईंले भनिन् । आजको रानधानी दैनिकबाट












