मोहनी लगाउने अपि–साइपाल हिमाल ! (फोटोफिचर)
वि.सं.२०७५ मंसिर १३ बिहीवार ११:५८
9.89K
shares
shares

काठमाडौं । सुदूरपश्चिम प्राकृतिक दृष्टिकोणले असाध्यै सुन्दर छ । यहाँका कयौं पर्यटकिय स्थलले जोसुकैलाई मोहनी लगाउँछ । तर, पर्याप्त प्रचार-प्रसारको अभावले ओझेलमा जस्तै छन् ।
यो प्रदेशमा असख्य हिमश्रृखला छन् । नदी, तालतलैया, मठमन्दिरलगायत दजनौं पर्यटकिय स्थल एवं ठाउँ छन् । यसैबीच, सुदूरपश्चिमलाई समृद्ध बनाउने आधारमा पर्छन्ब-झाङमा पर्ने साइपाल र दार्चुला अपि हिमाल । यी दुवै हिमालले सुदूरपश्चिमको पहिचानलाई थप उचाईमा पर्याएका छन् । सात हजार १३२ मिटर उचाइमा रहेको अपि दार्चुलाको अपि हिमाल गाउँपालिकामा पर्दछ ।
साइपाल हिमाल गुराँस हिमशृङखला अन्तर्गत पर्ने दोस्रो अग्लो हिमाल हो । स्थानिय भाषामा यसलाई सैपाल पनि भन्ने गरिन्छ । यो गुराँस हिमालमा पर्ने अपिपछि दोस्रो अग्लो हिमाल हो । साइपाल ७ हजार ३१ मिटरको उचाइमा छ ।
















