द्वन्द्वकालमा विस्थापित प्रहरी चौकी पुनःस्थापना

3.97K
shares

लहान । सशस्त्र द्वन्द्वकालमा विस्थापित भएको प्रहरी खिरौना चौकी पुनःस्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बुधबार पुनःस्थापित चौकी उद्घाटन् गरे । तत्कालीन माओवादीको सशस्त्र द्वन्द्वका समयमा विस्थापित भई जिल्ला प्रहरी कार्यालयमा उक्त चौकी गाभिएकामा पुनः स्थापना भएसँगै सो क्षेत्रको शान्ति सुरक्षा सुधार आउने विश्वास गरिएको छ ।

डेढ लाख मूल्य बराबरको मदिरा बरामद

प्रहरीले सिरहाको विभिन्न स्थानबाट गए राति डेढ लाखभन्दा बढी मूल्य बराबरको अवैधरूपले बनाइएका मदिरा तथा त्यससँग सम्बन्धित समान बरामद गरेको छ । माडर इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले माडर बसपार्कबाट भन्सार छलेर चोरी पैठारी गर्न लागिरहेकोे अवस्थामा स्थानीय पसलबाट रु ६० हजार बराबरको मदिरासहित किराना सामान बरामद गरेको हो ।

यसैगरी प्रहरीले सखुवानन्कारकट्टी गाउँपालिकाको मिर्जापुरबाट करीब रु४५ हजार मूल्य बराबरको कपडा र सिरहा नगरपालिका–२१ स्थित लगडीगोठबाटे नेपालबाट भारततर्फ अवैध रूपमा निकासी भइरहेका १६ कार्टुन मदिरा पनि बरामद गरेको उक्त कार्यालयले जनाएको छ । रासस


Mitsubishi Long Ad