हिउँ परेपछि यस्तो देखियो चन्द्रागिरी र फूलचोकी हेर्नुहोस १० तस्विर

8.31K
shares

काठमाडौं । मौसममा आएको बदलीसँगै काठमाडौंको चन्द्रागिरी हिल्समा हिमपात भएको छ । काठमाडौं उपत्यकाका शहरमा सामान्य वर्षात हुँदा चन्द्रागिरी हिल्समा हिमपात भएको हो । “विहानैबाट हिमपात भइरहेको छ । हिमपात भएसँगै हिउँ खेल्ने युवायुवतीका लागि चन्द्रागिरी उपयुक्त स्थान भएको छ,” चन्द्रागिरी हिल्सका महाप्रवन्धक अभिषेक विक्रम शाहले भने, “हिउँ खेल्न युवायुवती आउन थालिसकेका छन् ।

हिमपात र वर्षा भएसँगै चिसो बढेको छ । काठमाडौं उपत्यकामा आज (सोमबार) विहानैबाट मौसममा बदली देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकासहित मध्यमाञ्चलका विभिन्न क्षेत्रमा विहानैबाट वर्षात भइरहेको छ । विभागकी मौसमविद् शान्ती कणेलका अनुसार काठमाडौं उपत्यकासहित दिपायल, सुर्खेत लगायत आसपासका क्षेत्रमा अहिले वर्षा भइरहेको छ ।

काठमाडौं उपत्यकाको आज विहान ६ बजेको न्यूनतम तापक्रम ६.८५ डिग्री सेल्सियस रहेको छ । हिजो (आइतबार) बिहान ६ बजेको न्यूनतम तापक्रम २.१ डिग्री सेल्सियस रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083