वाइडबडी प्रकरण : मन्त्री अधिकारीलाई कानुनसम्मत कारबाही गर्न सिफारिस, सचिव राईलाई ‘क्लिन चिट’

5.25K
shares

काठमाडौ । वाइडबडी विमान खरिद प्रक्रियामा अनियमितता भएको भन्दै संसद्को सार्वजनिक लेखा समितिले पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित तीन जना पूर्वमन्त्रीलाई कानुनसम्मत कारवाही गर्न सिफारिस गरेको छ।

आज वाइडबडी छानविन उपसमितिले बुझाएको प्रतिवेदन पारित गर्दै समितिले मन्त्री अधिकारी सहित तीन जना पूर्वमन्त्रीहरुलाई कारवाहीको सिफारिस गरेको हो। प्रतिवेदनमा त्रुटि भएको भन्दै कारवाहीको सूचीबाट पर्यटन मन्त्रालयका तत्कालीन सचिव प्रेमकुमार राईको नाम भने हटाइएको छ। उपसमितिले बाइडवढी प्रकरणमा सचिव राईलाई क्लिन चिट दिएको हो।

मन्त्री अधिकारीसहित पूर्वमन्त्रीहरू दिलनाथ गिरी, जीवनबहादुर शाही र जितेन्द्र नारायण देवलाई पनि कारबाहीको सिफारिस गरिएको छ। समितिले प्रतिवेदन बुझाए देखिनै सचिव राईको बारेमा संसादको मद विभेद भएको थियो।

यी हुन् सार्वजनिक लेखा समितिका सिफारिस र निर्देशनहरु


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083