अमेरिकी राजदूत र प्रधानमन्त्री ओलीबिच बालुवाटारमा भेटवार्ता
वि.सं.२०७५ कात्तिक २८ बुधवार १०:५४
5.27K
shares
shares

काठमाडौं । अमेरिकी राजदूत र्यान्डी बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बेरीले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन्।
अमेरिकी राजदूत बेरी र प्रधानमन्त्री ओलीबिच नेपाल र अमेरिकाको द्विपक्षीय हितका बारे कुराकानी भएको जनाइएको छ। बेरी सन् २००७ देखि २००९ सम्म नेपालस्थित अमेरिकी दूतावासमा डेपुटी चिफ अफ मिसनका रुपमा कार्यरत थिए। अमेरिकी राजदूत एलियानिया बी टेपलिजको कार्यकाल सकिएपछि उनलाई राजदूतमा नियुक्त गरिएको थियो।
बेरी समलिंगी हुन्। उनलाई सन २०१५ मा तत्कालीन अमेरिकी विदेश मन्त्री जोन केरीले समलिंगी अधिकार प्रवर्द्धनका लागि पहिलो विशेष दूत नियुक्त गरेका थिए।

















