भाइरल बन्यो पूर्व राजा शाहसँग कांग्रेस नेताले भेटेको तस्बिर

वि.सं.२०७५ कात्तिक २८ बुधवार ११:४२
4.13K
shares
shares

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह र नेपाली कांग्रेसका वरिष्ठ नेता प्रकाशमान सिंह राजधानीको एक होटलमा भेटेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
पूर्व राजा शाह र कांग्रेस नेता तथा काठमाडौँ क्षेत्र नम्बर १ का सांसद प्रकाशमान सिंहले राजधानीको सोल्टी होटलमा आयोजित एक समारोहमा केही दिनअघि केही समय साथै बिताएका थिए ।
पूर्व राजा शाह र नेता सिंह एउटा ‘गुन्यु–चोली’ कार्यक्रमको निम्ता मान्न आइतबार साँझ राजधानीको सोल्टी होटलमा पुगेका बेला भेटेका हुन् । पूर्व राजा शाह र नेता सिंह भेटेर सौहार्दपूर्ण वातावरणमा वार्तालाव गरेको तस्बिर दुई दिनयता समाजिक सञ्जालमा भाइरल बनेको हो ।