सभामुख ‘महरा’ले गरे फागुन २१ सम्झाउँदै सरकारलाई ताकेता

Nepal Life Insurance Long Ad

काठमाडौं । नयाँ संविधानसँग बाझिएका पुराना कानून संशोधन गर्न संसदले सरकारलाई ताकेता गरेको छ । चार महिनाभित्र सबै पुराना बाझिएका कानून संशोधन गरिसक्नुपर्ने चटारो संसदलाई छ ।

प्रतिनिधिसभाका सभामुख कृष्णवहादुर महराले कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकाललाई बोलाएरै नयाँ कानूनको विधेयक ल्याउन ताकेता गरेका हुन् । आफूले फागुन २१ गतेको समयसीमा सम्झाएर सरकारलाई विधेयक मस्यौदा गर्न सुझाव दिएको महराले बताए । ३ वर्षअघि संविधानसभाबाट जारी भएको नयाँ संविधाननसँग बाझिएका १ सय ५० वटा कानून संशोधन गर्न आवश्यक प्रक्रिया अघि बढाइएको कानून मन्त्रालयले जनाएको छ । तीमध्ये कतिपयको विधेयक मस्यौदा भइसकेको र कतिपय हुने क्रममा रहेको कानूनमन्त्री ढकालले बताए ।

संविधान अनुसार प्रतिनिधिसभाको पहिलो बैठक बसेको एक वर्षभित्रमा संविधानसँग बाझिने सबै कानूनहरु प्रतिस्थापन भइसक्नुपर्छ । प्रतिनिधिसभाको पहिलो बैठक गत वर्ष फागुन २१ मा बसेको थियो । यसबीचमा संविधानसभासँग बाझिएका बाहेक पनि सयौं नयाँ कानूनहरु बनाउनुपर्ने चटारोमा संसद् र सरकार छन् । संघीयता कार्यान्वयनका लागि आवश्यक कानूनहरु बनिनसक्दा संघ र प्रदेशबीच समस्या उत्पन्न भइरहेका छन् ।

संसदको आगामी अधिवेशनबाट सबै कानूनहरु पारित भइसक्नुपर्ने भएकाले कानून मन्त्रालय बाझिएका कानूनहरु खारेज गरेर नयाँ कानूनको तयारीमा छ । सरकारले चाँडो काम नगर्दा संसदलाई अप्ठेरो पर्ने भएकाले आफूले यसबारेमा प्रधानमन्त्रीसँग छलफल गर्न लागेको महराले बताए ।

नयाँ कानूनहरुको विधेयक मन्त्रिपरिषदबाट पारित भएर संसदमा दर्ता भएपछि मात्र संसदले काम गर्न पाउँछ । संसदको आगामी अधिवेशनका सन्दर्भमा पनि प्रधानमन्त्री र सभामुखबीच छलफल हुने भएको छ ।


संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

२०८२ जेठ २९ बिहीवार

प्रतिनिधिसभाको जारी अवरोध खुलाउन २ बुँदामा सहमतिको प्रयास भएको छ...

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

२०८२ जेठ २७ मंगलवार

काठमाडौँ। नेपाल छाला जुत्ता उत्पादक संघको १४ औं वार्षकि साधारणसभा...

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

२०८२ जेठ २३ शुक्रवार

काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन...

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः  प्रधानमन्त्री

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः प्रधानमन्त्री

२०८२ जेठ २१ बुधवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समभाव र समनताको विकास...

वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङ्गका प्रभात राई निर्वाचित

वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङ्गका प्रभात राई निर्वाचित

२०८२ वैशाख २९ सोमवार

काठमाडौ । योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल विशेष प्रदेश समितिको...

YCL नेपाल १ नम्बर विशेष प्रदेशको जिल्ला भेला सम्पन्न

YCL नेपाल १ नम्बर विशेष प्रदेशको जिल्ला भेला सम्पन्न

२०८१ चैत २३ शनिवार

काठमाडौं। YCL,नेपाल विशेष १ नम्बर प्रदेशको जिल्ला भेला सम्पन्न भएकाे...