प्रकाशमानको आरोप– देउवाले चित्त बुझ्दो काम गर्नुभएन

4.69K
shares

रुपन्देही । नेपाली कांग्र‍ेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाले बहुमतको आडमा पार्टीलाई विधान विपरित चलाएको आरोप लगाएका छन् । विधान मिच्ने अधिकार कसैलाई नभएको भन्दै उनले विधानमा दुई उपसभापति राख्ने व्यवस्था नभएको उल्लेख गरे ।

नेपाल प्रेस युनियन रुपन्देहीले बुधवार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा पूर्वमहामन्त्री समेत रहेका नेता सिंहले बीपी, गणेशमान र कृष्णप्रसाद भट्टराईले सोचेअनुसार वर्तमान पार्टी नेतृत्व जान नसकेको बताए । अब सबैलाई समेटेर विधान र विधिलाई अवलम्बन गर्ने नेतृत्व कांग्र‍ेसमा आवश्यक रहेको उनको भनाइ थियो ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता सिंहले वर्तमान सरकार सङ्घीयता संस्थागत गर्ने पक्षमा नरहेको आरोप समेत लगाए । विस्तृत शान्ति सम्झौतामा व्यवस्था भए अनुसार संङ्क्रमणकालीन न्याय र द्वन्द्वपीडितका समस्या पूर्णरुपमा सम्बोधन हुन नसकेकोमा आयोगले असन्तुष्टी जनाएको छ।

आयोगले विस्तृत शान्ति सम्झौतामा व्यवस्था भएअनुसार संविधानसभाबाट संविधान जारी भइ सबै तहको निर्वाचन सम्पन्न हुनु तथा राज्यको पुनसंरचनामा समानुपातिक समावेशी सिद्धान्तलाई अंगिकार गर्नु, सेना समायोजन तथा लडाकुको व्यवस्थापन लगायत पक्ष सकारात्मक भएपनि द्वन्द्व पीडितको न्यायको पक्ष भने अझै अपुरो रहेको जनाएको छ।


divya collage
unigloble collage