दुई तिहाइको जनादेश सदुपयोग गर्ने अवस्था छैन : मुख्यमन्त्री पोखरेल

5.73K
shares

काठमाडौं । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले दुई तिहाईको जनादेशलाई निर्बाध रुपमा सदुपयोग गर्ने अवस्था अझै नरहेको बताएका छन्। नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का नेता समेत रहेका उनले पुरानै कार्यशैली र मनोविज्ञान नै जनताको समृद्धिको आकांक्षाका सम्बोधन गर्न मुख्य बाधकको रुपमा रहेको दाबी गरे। मुख्यमन्त्री पोखरेलले दुई तिहाई बहुमत प्राप्त दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आफै भित्रको संक्रमणले पनि मुलुकलाई अघि बढाउन समस्या भइरहेको जिकिर गरे।

आइतबार काठमाडौंमा आयोजित ‘आर्थिक समृद्धिका लागि राजनीतिक दलको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अधिकार प्राप्तिको लडाईबाट दीक्षित राजनीतिक दलका नेता, कार्यकर्ताले मुलुकको समृद्धिको नेतृत्व गर्नुपर्ने अवस्था आएकाले पनि मुलुकको समृद्धिको यात्रालाई सहज ढंगले अघि बढाउन नसकिएको उल्लेख गरे।

कार्यक्रममा बोल्दै राष्ट्रिय जनता पार्टी, नेपालका नेता अनिल झाले मुलुकको समृद्धिको यात्रालाई सहज बनाउन संविधान संशोधन गरेर अघि बढन सरकारलाई पुनः आग्रह गरे। उनले सरकारले संघीयतालाई आत्मासात गर्न नसकेको आरोप पनि लगाए। नेता झाले संघीयतालाई बलियो बनाउन स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083