खानेपानी मन्त्रालयको एक वर्ष पूरा : कहाँ पुग्यो मेलम्ची खानेपानी आयोजना?
वि.सं.२०७५ चैत २ शनिवार १४:१६
8.4K
shares
shares

भुमिराज अधिकारीकाठमाडौं। आज चैत २ गते ! प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद तेस्रो पटक विस्तार मात्र होइन पूर्णता पनि पाएको दिन। एक वर्ष अघि मन्त्रिपरिषद विस्तार हुँदा ओलीले खानेपानी मन्त्रालयको जिम्मेवारी मन्त्रि विना मगरलाई दिएका थिए।वषौं अघि देखि अलपत्र परेको मेलम्ची खानेपानी आयोजनालाई दशैंसम्म पूरा गर्ने उद्घोष मन्त्री बनेको केही दिनमा नै गरेकी थिइन मन्त्री मगरले। त्यति मात्र होइन मेलम्ची खानेपानी आयोजनालाई तीवू रुपमा अघि बढाउनाले अफ्नो व्यक्तिगत उचाई थप हुने भन्दै राष्ट्रिय गौरवको आयोजना पूरा पार्ने उनले बताएकी थिइन्।हुन पनि हो, मन्त्री मगरले मेलम्ची आयोजनालाई तीव्र अघि बढाएर काठमडौंवासीले पानि पिउन पाएको भए उनको ‘हाइहाइ’ स्वयं उपत्यकावासीले गर्थे। तर, पटक पटकको समयसिमा र यही विषयमा देखिएको विवादका कारण मन्त्री मगरको प्रशसांभन्दापनि आलोचना बढ्न थालेको छ।पटक-पटक समयसिमा सार्दै आफ्नो वाचा पूरा गर्न मन्त्रालय असक्षम भएको प्रष्ट देखिन्छ। मन्त्री मगरले ०७४ दशैंमा उपत्यकवासीलाई पानि पिलाउने वाचा गरेपनि आजसम्म योजना अलपत्र छ। २०५५ साल देखि अलपत्र परेको राष्ट्रिय गौरवको आयोजनाको जिम्मा लिएको ठेकदार कम्पनि नै यति बेला काम छाडेर हिँडेको छ।सीएमसी कम्पनिसंग जोडिएर आएका विभिन्न विवादहरु संसददेखि सडकसम्म छताछुल्ल छन्। ०५५ सालयत हालसम्म १८ प्रधानमन्त्री, २४ विभागीय मन्त्री र २७ सचिव तथा अध्यक्ष फेरिएका छन्। तर विकास समिति गठन भएको २० वर्षसम्म आइ पुग्दा पनि पानी काठमाडौं आउने वातावरण निर्माण भएको छैन। उक्त कम्पनी हिँडे देखि मेलम्ची आयोजन सुनसान छ। आयोजनाको काम रोकिएको छ। आयोजनाका स्थानीय ठेकेदारहरुले मात्र करिब १ अर्बको रकम भुक्तानी पाएका छैनन्। कामदार र श्रमिकहरुले समेत ५ महिनादेखि तलब पाएका छैनन्।२०४७ सालमा कृष्णप्रसाद भट्टराईको भाषणमा मेलम्ची सुरु गर्ने घोषणा गरेका थिए। यही आयोजनाकै विषयलाई लिएर अहिले खानेपानी सचिव र मन्त्रीबीच आयोजना रोकिनुमा एक अर्कालाई दोषारोपण गरि रहेका छन्। तत्कालीन सचिव गजेन्द्र ठाकुरको यही विवादका कारण सरुवा समेत भएको छ।‘के मा व्यस्त भइन् मन्त्री मगर ?’सुदूर पश्चिमबाट नै पहिलो पटक महिला मन्त्री बनेकी मगर मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्ष ‘तुँवालो भित्र हराएको काग’ जस्तो भइन् । मेलम्चि आयोजना जस्तो काठमाडौंवासीको ड्रिम प्रोजेक्टमा भन्दा पनि मन्त्री मगर सामान्य कार्यक्रममा बढी व्यस्त देखिइन्। उल्टै, मन्त्री मगर र मन्त्रालयका सचिवबीचको टकराव मिडियामा आयो।कहिले ‘वाटर एटीएम’ उद्घाटनमा त कहिले सामान्य खानेपानी आयोजनामा उनले समय बिताएको प्रष्ट देख्न सकिन्छ। मेलम्ची आयोजनामा देखिएको विवादको सन्तोषजनक उत्तर मन्त्री मगरले दिन सकेकी छैनिन्। सरकार सञ्चालनको एक वर्षे उपलब्धि सार्वजनिक गर्ने तयारीमा पनि मन्त्रालय देखिँदैन।मन्त्रालयका प्रवक्ता शंकर प्रसाद सुवेदीका अनुसार मन्त्रालयले आफ्ना कामहरु अघि बढाइ रहेको छ। प्रधानमन्त्री ओली पनि मन्त्री मगरको कार्यप्रगतिप्रति सन्तुष्ट हुन नसकेका हल्ला बाहीर आउन थालेका छन्। प्रवक्ता सुवेदी भन्छन्– ‘मन्त्रालय आफ्ना कामहरुमा पूर्ण प्रतिबद्ध छ। मेलम्ची ले यो विषयलाई केही डिस्ट्रब गरि रहेको छ। यी सबै विवादहरु चाँडै निष्कर्षमा पु¥याउनका लगि मन्त्रालयमा छलफल भइ रहेको छ।’ प्रवक्ता सुवेदी मन्त्रालयले एक वर्ष मात्र भन्दा पनि समग्र समयसिमालाई आधार बनाएर सम्पूर्ण योजनाहरु अगाडी बढाइ रहेको बताउँछन्।मन्त्रालय भन्छ –विवादै विवादमा तानिँदै गएको राष्ट्रिय गौरवको आयोजना मेलम्ची आयोजनाको ९६ प्रतिशत भौतिक प्रगति भएको मन्त्रालय दावी गर्छ। पछिल्लो ११ महिनामा मेलम्चीको खानेपानी आयोजनाको कार्य तिव्र गतिमा अगाडि बढेको मन्त्रालयको दाबी छ। खानेपानी मन्त्री विना मगरले कार्यकाल सम्हालेको ११ महिना बितेको अवसरमा उनको सचिवालयले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘२७ वर्ष देखि सुरु भएको मेलम्ची आयोजनाको काम बितेको ११ महिनामा यति धेरै प्रगति होला भन्ने कसैले सोचेका थिएनन्।वर्षौं वर्ष लगाएर २७ किलोमिटर लामो सुरुङ खन्ने काम सकिएपछि यसको ढलान अर्थात फिनिसिङ गर्ने काम अब १ किलोमिटर पनि छैन।’ एक वर्षको अवधिमा मेलम्ची आयोजना बाहेक खानेपानी मन्त्रालय अन्तर्गतका निकायहरुले देशभरि नै साना ठूला गरी ५ सय १८ वटा खानेपानीका आयोजनाहरु सम्पन्न गरेको मन्त्रीको सचिवालयले जनाएको छ।खानेपानी तथा सरसफाई सहलगानी कार्यक्रमले ९ वटा र तेस्रो साना सहरी खानेपानी आयोजना कार्यालयले ४ वटा आयोजना सम्पन्न गरिएको बताएको छ। यस्तै ११ महिनाको अवधिमा ३५ वटा सहरी तथा अर्धसहरी खानेपानी आयोजनाहरु सम्पन्न भई ३ लाख ८७ हजार ५ सय ८२ जनसंख्या उच्च तथा मध्यम स्तरको खानेपानी सेवाबाट लाभान्वित भएको मन्त्रालयले दाबी गरेको छ।एसियाली विकास बैंकको सहयोगमा देश भरका विभिन्न २० वटा सहरहरुमा आयोजना निर्माण तथा खानेपानी तथा सरसफाईको दिगो व्यवस्थापनको लागि १७८ दशमलव ५ मिलियन अमेरिकी डलर बराबरको ऋण सम्झौतालाई मन्त्रालयले महत्वपूर्ण उपलब्धीको रुपमा लिएको छ। यसरी मन्त्री बिना मगरले खानेपानी मन्त्रालय समालेको एक वर्ष पूरा भएको छ। मन्त्री बिना अन्तत : सफल ठहरिएकी छिन्।





























