सिंहदरबारलाई विप्लवको ‘डर’,सरकारी कर्मचारीको झोला समेत खानतलासी

5.1K
shares

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाए सँगै नागरिकमा विगतको १० वर्षे सशस्त्र युद्ध फेरि दोहोरिन लागेको हो कि क्या हो भन्ने संशय बढेको छ।

सरकारले विप्लवका कार्यकर्ता धमाधम पक्राउ गर्नु र विप्लवले स्थानीय तहका जनप्रतिनिधिलाई गाउँबाट खेदाएका समाचार बाहिर आइ रहेका बेला आइतबार सिंहदरबारमै पनि ‘विप्लव त्रास’ देखिएको छ।

आइतबार सिंहदरबार प्रवेश गर्दा कडाइ गरिएको छ। सुरक्षा चुनौती रहेको भन्दै सिंहदरबार प्रदेशमा प्रहरीले कडाइका साथ चेकजाँच र खानतलासी गरेको छ। यति सम्मकी सरकारी कर्मचारीको पोसाक लगाएका कर्मचारीहरुलाई समेत प्रहरीले चकेजाँच र झोला खानतलासी गरेको छ। अन्य दिन परिचयपत्र वा पास देखाएर सिहदरबार प्रवेश पाउने कर्मचारीलाई आज आइतबार भने प्रहरीले कडा चेकजाँच मात्र गरेन झोला समेत खानतलासी गरेको छ।

कर्मचारीहरुले समेत कडाइ गरि रहेको अवस्थामा सर्वसाधरणलाई त थप कडाई हुनु स्वभाविक नै हो। सुरक्षाकर्मीले चेकजाँच कडाइ गरे पछि सिंहदरबार परिसरमा मानिसको लामो लाइन लाग्न पुगेको छ। प्रहरी स्रोतका अनुसार नेत्रविक्रम चन्द नेतृवको नेकपाका नेताहरु प्रक्राउ परि रहेको अवस्थामा सुरक्षा चुनौती बढेको भन्दै चेकिङमा कडाइ गरिएको हो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083