मलाई विश्वले नोबेल शान्ति पुरस्कार दिनुपर्छ : अध्यक्ष प्रचण्ड
वि.सं.२०७५ चैत २२ शुक्रवार १३:५६
shares

काठमाडौ। नेपालले विश्व समुदायका लागि शान्तिका लागि ठुलो उदाहारण दिएको ब्याख्या बेलाबेलामा हुने गर्दछ। यो बीचमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैले आफ्ना लागि मुख खोलेका छन्।
उनँले तत्कालीन माओवादी र नेपाल सरकारबीच शान्ति-सम्झौता भएको घटनामा नोबेल शान्ति पुरस्कार दिइनु पर्ने दावी गरे। यो भन्दा पहिले प्रचण्डलाई नोबेल शान्ति पुरस्कार दिनुपर्छ भन्दै केही व्यक्तिहरुले माग पनि गरेका थिए।
राजधानीमा आयोजित एक कार्यक्रममा उनँले शान्ति–सम्झौता मार्फत् सेना समायोजन र हतियार व्यवस्थापन गरिएकाले संक्रमणकालीन न्यायलाई पनि चाँडै नै टुंगो लगाइने बताए। कार्यक्रममा बोल्दै उनँले भने, ‘जनतालाई न कुनै पार्टी न त कुनै पार्टीको एजेन्डासँग सरोकार छ। उनीहरुले देशमा सरकारात्मक परिवर्तन चाहेका छन्।’
यस्तै, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले देश विकासका लागि नयाँ ‘मोडल’ आवश्यक रहेको भन्दै सरकारले आर्थिक विकास मामात्र नभइ आर्थिक र समाजिक दुवैको क्षेत्रको विकासमा केन्द्रित हुनु पर्ने धारणा राखे। यसरी हेर्दा नोबेल शान्ति पुरस्कारका लागि प्रचण्ड स्वयम नै इच्छुक भएको आंकलन सुरु भएको छ।
पछिल्ला दिनहरुमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई नोबेल शान्ति पुरस्कार दिनु पर्ने आवाज उठे पछि उनँले आफु यसका लागि योग्य नभएको जनाउँनु भएको थियो। खानले कश्मीर समस्यालाई समाधान गर्ने व्यक्ति नै यो सम्मानको हकदार भएको बताउँनु भएको थियो।


















