ओलीको प्रधानमन्त्री पद खोस्ने अभियानमा नेकपाका शिर्ष नेता

5.86K
shares

भुमिराज अधिकारी

काठमाडौ । केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र गठजोड सुरु भएको छ। नेकपाका बरिष्ठ नेता माधव कुमार नेपाल पनि ओलीलाई प्रधानमन्त्रीबाट हटाउनका लागि नयाँ गठबन्धन निर्माणमा जुटेका छन्। नेकपा निकट स्रोतका अनुसार ओली विरुद्ध नेता नेपालले नयाँ मोर्चाबन्दी सुरु गरि सकेका छन्।

दुई नेता निकट स्रोतका अनुसार प्रधानमन्त्री ओलीलाई आर्थिक बर्ष २०७६/७७ को बजेट ल्याए पछि जसरी हुन्छ हटाएर आफुहरु शक्तिमा आउने आन्तरिक सहमति बनेको छ। ओलीलाई हटाएर आफुहरु सत्ता र पार्टीको शक्तिमा पुग्नका लागि नेता नेपाल गोप्य रुपमा पटक पटक बार्तामा बसेका थिए। यस विषयमा प्रचण्ड भने अहिले मौन नै छन् । तर उनलाई प्रधानमन्त्री बनाउन माधव नेपाल देखि वामदेव गौतम सम्म लागि परेका छन्।

ओलीसँग असन्तुष्ट नेता बामदेव गौतमलाई पनि आफ्नो कित्तामा उभ्याउन सफल भएका छन्।१५ जेठमा सरकारले आर्थिक बर्षको बजेट संसदमा पेश गरेपछि नेतृत्व परिवर्तन गर्ने तयारीमा उनीहरु जुटेका छन्। एक नेताहरुका अनुसार त्यो तयारी नेता गौतमको नेतृत्वमा भइ रहेको छ।

नेता नेपाल पार्टी अध्यक्ष बन्ने र प्रधानमन्त्री प्रचण्डलाई बनाउने रणनितिमा छन्। नेकपाका अर्का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई पनि राष्ट्रपति परिवर्तन गरेर बनाई दिने भन्दै आफ्नो कित्तामा ल्याउने प्रायास गरि रहेका एक नेताले बताए। प्रचण्डसँग एकिकरण पुर्वको सिंगो माओवादी रहेको र नेपालसँग पूर्व एमालेको एक कित्ता रहेकाले ओली विरुद्ध बहुमत पुग्ने आंकलन उनीहरुको छ।

अझ त्यसमा बामदेव र झलनाथ थपिए पछि ओलीलाई पार्टीमा स्वत : अल्पमतमा पार्न सकिने पछिल्लो गठजोडका एक नेताले जानकारी दिए। नेकपामा बामदेवको गुट पनि निर्णायक छ। नाम उल्लेख नगर्ने सर्तमा ओली नेतृत्वको सरकारको आयु जेठ महिनासम्म मात्रै रहेको पनि बताउँदै आएका छन्।

प्रचण्ड प्रधानमन्त्री भए नेपाल अध्यक्ष बन्ने यदि त्यसो हुन नसके नेपाल प्रधानमन्त्री बन्ने र प्रचण्डलाई पार्टी नेतृत्वको जिम्मा दिने गरि ‘वान म्यान, वान पोष्ट’ को अवधारणमा जाने गठजोडको आन्तरिक योजना छ।

ओली विरुद्धको नयाँ गठबन्धन बनाउने सम्पूर्ण जिम्मेवारी बामदेवलाई दिइएको बताइन्छ। झलनाथलाई फकाएर गठजोडमा ल्याउने जिम्मा नेकपा कै नेताले लिएका छन् भने, नेपालले ओलीको गुटमा रहेका नेताहरुलाई जति सकिन्छ आफ्नो पक्षमा तान्ने जिम्मेवारी लिएका छन्।

पार्टीमा पहिलो बरियताको अध्यक्ष समेत रहेका ओलीले सरकार सञ्चालन र पार्टी सञ्चालनमा एकलौटी गरे पछि उनी विरुद्ध नेताहरुले मोर्चावन्दी गरेका हुन्। पार्टीको स्थायी समिति, केन्द्रिय समिति, प्रदेश समिति र मातहतका सबै समितिमा एकलौटी गर्न लागे पछि उनलाई देखाई दिन भन्दै नेताहरु एकतावद्ध भएका हुन्। प्रचण्डसँग नेकपाका सबै नेताहरु सन्तुष्ट छन् , उनले गरेको निर्णयमा कसैले पनि विरोध गर्दैनन् तर ओलीले गरेको निर्णयमा भने सबैले विरोध गर्दै आएका छन्।

स्थायी समिति निर्माण र प्रदेश समिति निर्माणमा नेता नेपालले फरक मत लेखेका थिए। यता गत जेठमा मात्रै पार्टी एकिकरण गरेका प्रचण्ड पनि ओलीका क्रियाकलाप देखि सन्तुष्ट हुन सकेका छैनन्। तर ओली विरुद्ध प्रचण्डले केहि बोलेका छैनन्। प्रधानमन्त्री बन्ने रणनीति भित्र- भित्रै बनाउँदै आएका छन् अध्यक्ष प्रचण्ड!

नेपाल र बामदेवको रणनीति बुझेर प्रधानमन्त्री ओली उनीहरुको गठजोड भत्काउनका लागि प्रयास गरि रहेका छन्। नेपाल र बामदेबसँग रहेका नेताहरुलाई पदको लोभ देखाएर आफ्नो पक्षमा तान्न ओली लागि परेका छन्। तर उनीहरु कुनै प्रलोभनमा नफस्ने र नयाँ सरकार गठन गर्ने उद्देश्यका साथ दौडी रहेका छन्।

नेकपाकै वरीष्ठ नेताहरु पनि भन्दै आएका छन् -ओली राम्रो सँग काम गर्न सकेनन् , सरकार बदलिनु पर्छ। विभिन्न कार्यक्रममा भन्ने गर्छन् -पार्टी र सरकार चलाउने क्षमता प्रचण्डमा मात्र छ ,अरुमा छैन। सरकार चलाउन प्रचण्डलाई दिनु पर्छ। ओलीको विरोध पार्टीमा मात्र होईन , आम जनताले पनि गर्दै आएका छन्। ओलीले गरेका कामहरुप्रती जनताहरु पनि सन्तुष्ट हुन सकेका छैनन्।

सरकार बनेको एक वर्ष पुगि सक्दा पनि ओलीले जनतालाई सेवा दिन नसक्नुमा प्रधानमन्त्री आफैँ कमजोर हुनु हो। त्यहि भएर उनी माथी नेताहरुले असफलको प्रश्न उठाउन थालेका छन्। उनी माथी चौतर्फी विरोध हुन थालेको छ। सरकार कमजोर ठहरिनुमा ओलीको नेतृत्व असफल हुनु जस्तै हो। अन्तत : अबको प्रधानमन्त्री ओलिको अन्तीम विकलप्प भनेको प्रचण्डलाई नेतृत्व हस्तान्तरण गर्नु नै हो।


divya collage
unigloble collage