गृहमन्त्री बादल चीन भ्रमणमा

२०७६ पुस २० आइतवार
1.6K
shares
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ चीन भ्रमणमा गएका छन् । थापा छ दिने औपचारिक भ्रमणका लागि आइतबार बेइजिङतर्फ प्रस्थान गरेका हुन् । चीनको पब्लिक सेक्युरिटी मिनिस्ट्रीको निमन्त्रणमा थापा त्यसतर्फ प्रस्थान गरेको गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईले बताए ।
भ्रमणको क्रममा चीनका थापाले जनसुरक्षा मन्त्री, उच्च सरकारी अधिकारी तथा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको भट्टराईले बताए । मन्त्रीको टोलीले चीनको बेइजिङ, साङ्घाई र ल्हासा भ्रमण गर्ने कार्यक्रम रहेको छ । टोलीमा गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा। इन्द्रजित राई, गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्मा लगायत सहभागी छन् ।
चिनियाँ सुरक्षा अधिकारीसँग भेटघाट रहने कार्यक्रम भए पनि भ्रमणमा कुनै पनि सम्झौता नहुने गृह स्रोतले बताए । गृहमन्त्री थापा पुस २५ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।थापाको साथमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल जाने भनिएको थियो। तर, मन्त्रिपरिषद बैठकले उनको नाम स्वीकृत गरेको थिएन ।

२०७६ पुस २० आइतवार