संखुवासभामा लिफ्ट खानेपानी परियोजना सुरु

16.98K
shares

संखुवासभा । यु.डब्ल्यु.एस. नेपालको अग्रसरता र चैनपुर नगरपालिका, नेपाल सरकार वैकल्पिक ऊर्जा प्रवद्धन केन्द्रको अनुदानमा करिव ४७५ घरधुरी लाभान्वित हुने गरी योजना सुरु भएको छ । चैनपुर वडा नं.१० अन्तरगत पर्ने कल्लेरी, सल्लेरी र खराङ बजार संग गरेको प्रतिबद्धता अनुरुप पिलुवा खोला खराङ लिप्ट खाने पानि आयोजनाको सर्वे डिटेल ईन्जिनियरिङ डिजाईन तयार पारी आयोजनाको काम अगाडि बढाईएको हो।

यु. डब्ल्यु. एस. नेपालको रू ३५ लाख र चैनपुर नगरपालिका ले ५ वटा ट्याङ्की बराबरको अनुमानित लागत २० लाख,नेपाल सरकार वैकल्पिक ऊर्जा प्रवद्धन केन्द्रको अनुदान १५ लाख गरी जम्मा कुल रु।७० लाखको लागतमा ३ तहमा लिफ्ट गरी आयोजना सम्पन्न हुने छ । जसमा २० हजार लिटरको ३ वटा ट्याङ्की भने नगरपालिकाले निर्माण गर्ने छ।

आफूले मेयरको निर्वाचन दौरानमा गरेको प्रतिवद्वता अनुसार चैनपुरको न.पा.को विकास र सम्वृद्धिको यात्रा ५२ खुड्किला को एतिहासिक गौडा गुफापोखरी न.पा. १ हुँदै अब वडा न. ११ बाट पूर्व उत्तर केन्द्रित भएको जानकारी मेयर भरत कुमार खत्रीले जानकारी दिए। यो खानेपानी आयोजना पनि आफ्नो यही अभियानको हिस्सा भएको कुरा भरत कुमार खत्रीले जानकारी गरेका छन् । यसले यस क्षेत्रको सिंचाई,खानेपानी समस्याको समाधान गर्ने विश्वास व्यक्त गरे ।

यस बहुआयामिक आयोजना निर्माण सम्पन्न पश्चात ४७५ घर धुरी प्रत्यक्ष रूपमा लाभान्वित हुने र बृहत परियोजनाले ईखुम्बा,झिली मिले, सल्लेरी र खराङ्गको जिबनस्तर उकास्न महत्त्वपूर्ण भुमिका खेल्ने कुरा चैनपुर नगरपालिका वडा नं. १० का वडा अध्यक्ष तेज बहादुर कटुवालले जानकारी दिए । उनले भने “आफूले निर्वाचनको समयमा गरेको विकासको प्रतिवद्वता अनुरूप यो आयोजना सम्भव भएको” कुरा समेत उल्लेख गरे ।यस आयोजना लाई अझ विकास गरेर अगाडी लैजाने आफ्नो योजना रहेको र वडा न. १० को विकासमा कुनै कसर बाँकी नराख्ने आफ्नो योजना रहेको बताएको छ ।

खासगरी पानीको जोहो गर्न बालबालिका विद्यालय अनुपस्थित हुने हुनाले यस समस्याको दिगो समाधानको निमित्त यस खानेपानी आयोजना अगाडी बढाईएको जानकारी यु. डब्ल्यू.एस.का प्रमुख सूर्य कार्कीले दिएका छन । साथै यस आयोजनालाई आवश्यकता अनुरूप अन्य क्षेत्रहरूमा पनि विस्तार गर्ने कुरामा कार्कीले आफ्नो ध्यान रहेको कुरा बताए ।

यस आयोजनाको संचालन तथा व्यवस्थापनको जिम्मा भने चैनपुर नगरपालिका अन्तर्गत वडा नं.१० को मातहतमा रहने यु. डब्ल्यू.एस. नेपालका फाउन्डर एवम् कन्ट्री डाईरेक्टर सुर्य कार्कीले जानकारी दिए । कार्कि हाल, सामाजिक विकास मन्त्रालयको प्रदेश १ को बिद्यालय शिक्षाको शैक्षिक सुधार समिति अन्तर्गत निर्देशन समितिको सदस्यमा रहि गुणस्तरीय शिक्षाका निमित्त शैक्षिक अभियान्ताको रुपमा काम गरेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083