‘केपी ओली देशद्रोही हुन् ओलीलाई कारबाही गरौ’ : बाबुराम भट्टराई

7.12K
shares

काठमाडौ । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले दुस्ख गरी बनाएको संघीय लोकतान्त्रिक गणतन्त्रको घर नेकपा भित्रको झगडाले भत्काइ दिएको बताएका छन्।

नेकपाभित्रको विवादतर्फ लक्षित गर्दै भट्टराईले ठूलो कोठामा सुत्ने झगडाले घरमै आगो लगाइदिएको उल्लेख गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गर्नुलाई उनले ‘आगो लगाएको’ रूपमा उल्लेख गरेका छन्। संघीयतामाथि नै खतरा उत्पन्न गराउन खोजिएकोमा पनि उनको चिन्ता छ।

‘एक आर्किटेक्टको अनुभूतिस्जिन्दगी भरको मेहनतले’संघीय लोकतान्त्रिक गणतन्त्र’को घर बनाइयो,’ आइतबार उनले ट्वीट गरेका छन्, ‘सबै सन्तानलाई पुग्ने गरी कोठा थप्ने योजना थियो। केही कुपुत्ररकुपुत्रीले ठूलो कोठामा सुत्ने झगडामा घरमै आगो लगाइ दिए।’

उनले घरझगडामा छिमेकी भने रमिते बनेको बताएका छन्। ‘केही सन्तान आगो निभाउनु सट्टा खरानीको लागि दौडिँदैछन्। छिमेकी रमिते१ लौन आगो निभाऊॅ’ उनले भनेका छन्।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा भंग गरेका थिए। उक्त कदमको जसपाले विरोध गर्दै आइरहेको छ। प्रतिनिधि सभा अहिले पनि जिवन्त रहेको भन्दै जसपाले सभामुखलाई बैठक राख्न समेत यस अघि भेटेर आग्रह गरेको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083