संवैधानिक परिषद्को बैठकमा सहभागी नहुन सबै सदस्यलाई अध्यक्ष प्रचण्डको आग्रह (विज्ञप्तिसहित)

प्रचण्डले प्रधानमन्त्रीले अध्यादेशको दुरूपयोग गरेको आरोप लगाएका छन्

Nepal Life Insurance Long Ad

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशको दुरूपयोग गरेको आरोप लगाएका छन्।

शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रचण्डले निरंकुशताको मतियार बनाउने गलत मनसाय सहित प्रधानमन्त्री के.पी शर्मा ओलीको सरकारले अध्यादेशको दुरुपयोग गर्दै आएको बताएका हुन्।

‘संविधानको मर्म र भावना विपरित संवैधानिक निकायहरुलाई निरंकुशताको मतियार बनाउने गलत मनसाय सहित प्रधानमन्त्री के.पी शर्मा ओलीको सरकारले अध्यादेशको दुरुपयोग गर्दै आएको छ ।

यसै सन्दर्भमा लोकतान्त्रिक अभ्यास छलेर सरकारले एकपटक पुनः संवैधानिक परिषद्को बैठक मार्फत आफ्नो स्वेच्छाचारी चरित्र प्रदर्शन गर्दैछ’, उनले भनेका छन्।

अध्यक्ष प्रचण्डले प्रमुख प्रतिपक्षका नेता तथा सभामुख समेतले भाग नलिने निर्णय सार्वजनिक गरिसकेको स्थितिमा बैठक स्थगित गर्न सरकारसँग आग्रहसमेत गरेका छन्।

अध्यक्ष  प्रचण्डले संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायको त्यस्तो बैठकमा सहभागी नहुनसमेत सबै संवैधानिक परिषद्का सदस्यहरुसँग अनुरोध गरेका छन्।

२५ वैशाख २०७८, शनिवार १७:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु