प्रधानमन्त्रीको रुपमा ओली नै भारतको रोजाई : नेता स्वामी

Nepal Life Insurance Long Ad

३० वैशाख राति ९ बजेसम्म दुई वा दुईभन्दा बढी दलले गठबन्धन सरकारका लागि दाबी प्रस्तुत गर्न सकेनन् भने ३१ वैशाख बिहानै पुनः केपी ओली प्रधानमन्त्री नियुक्त हुनसक्छन् । संविधानको धारा ७६ को उपधारा ३ अनुसार संसदको ठूलो दलको हैसियतमा ओली अल्पमत सरकारको प्रधानमन्त्री नियुक्त हुनेछन् ।

अल्पमत सरकारको नेतृत्व गर्नेबित्तिकै प्रधानमन्त्री ओलीले विश्वासको मत लिन पुनः विशेष अधिवेशन बोलाउन सक्छन् । संविधान अनुसार, ३० दिनभित्र विश्वासको मत लिनुपर्ने आधारलाई टेकेर विश्वासको मतका लागि ओलीले २-३ जेठभित्रै संसद अधिवेशन बोलाउन सक्छन् । र, २७ वैशाखको संसदीय समीकरण खासै फेरबदल भइसक्ने छैन, त्यसैले त्यतिबेला पनि विश्वासको मत प्राप्त हुने छैन ।

त्यसलगत्तै संविधानको ७६ को उपधारा ५ अनुसार सरकार बनाउने प्रक्रिया सुरु हुनेछ । उक्त उपधारामा संसदको जुनसुकै व्यक्तिले बहुमत पुर्‍याउने दाबीसहित प्रधानमन्त्री हुनसक्छ । र, त्यसरी नियुक्त भएको प्रधानमन्त्रीले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

अहिले जसपा भित्रको किचलोले प्रधानमन्त्रीमा केपी ओली दोहोरिने संकेत दिएको छ भने भारतका एक उच्च तहका राजनीतिज्ञले प्रधानमन्त्रीको रुपमा केपी ओलि नै भारतको हितमा हुने भन्दै ट्विट गरेका छन् । भारतका सांसद समेत रहेका पुर्व मन्त्री सुब्रमनियन स्वामीले ओली भारतका रोजाई हुने र प्रचण्ड प्रधानमन्त्री हुँदा चीनले जित्ने कुरा उल्लेख गरेका छन् । उनी भाजपाका प्रभावशाली नेता हुन् ।

२८ वैशाख २०७८, मंगलवार १८:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु