मुख्यमन्त्री दाबी गर्न प्रदेश प्रमुखकहाँ पुगे गण्डकीका विपक्षी दल, मनाङेको पनि समर्थन

Nepal Life Insurance Long Ad

पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्रीमा दावी पेश गर्न नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल प्रदेश प्रमुखको कार्यालय पुगेका छन् ।

नेता पोखरेल आफ्नो दल कांग्रेससँगै नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थनसहित मुख्यमन्त्रीमा दाबी गर्न प्रदेशप्रमुख कार्यालय पुगेका हुन् ।  ३१ जना सांसद र  उनीहरुको हस्ताक्षरसहित उनीहरु त्यहाँ गएका हुन् ।

बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभामा विश्वासको मत लिन नसकेपछि उनी पदमुक्त भएका थिए ।

प्रदेश प्रमुख पौडेलले भोलि २९ गते दिउँसो ३ बजेसम्म मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न प्रदेशसभा सदस्यहरुलाई आह्वान गरेकी छन् । विपक्षीहरु आह्वान गरेको केही घण्टामै दावी गर्न प्रदेश प्रमुखकोमा पुगेका हुन् ।

२८ जेठ २०७८, शुक्रवार १८:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु