काँग्रेस अधिवेशन अन्तर्गत हुम्लामा कसरी भयो विवाद ?

5.12K
shares

नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीको गृहजिल्ला हुम्लामा पार्टीको जिल्ला नेतृत्व छनोट विवादित भएको छ । संस्थापन पक्षले हुम्ला सभापतिमा मोहनविक्रम सिंह सर्वसम्मत रुपमा चयन भएको बताउँदै आएको छ । तर इतर पक्षले भने सिंहलाई सभापति चयन गरिएको संस्थापन पक्षको दाबीलाई अस्वीकार गर्दै आएको छ ।

विवाद बढ्दै जाँदा हुम्लामा काँग्रेसको समानान्तर कार्यसमिति गठन भएका छन् । संस्थापन पक्षले सर्वसम्मत रुपमा गठन भएको भनिएको कार्यसमितिलाई चुनौती दिँदै रामचन्द्र पौडेल पक्षले छुट्टै कार्यसमिति घोषणा गरेको छ । पौडेल पक्षले शाहीमाथि वडा, पालिका, प्रदेश र जिल्लातहको नेतृत्व छनोटमा निर्वाचन अधिकृतलाई हातमा लिएर एकलौटी निर्वाचन गर्न लगाएको आरोप लगाएको छ ।
अधिवेशनमा उनले आफ्नै छोरा भरत शाहीलाई ‘ख’ प्रदेशसभा कार्यसमितिका उपसभापति बनाएका छन् । उनले आफ्ना स्वकीय सचिव राजबहादुर रोकाया र चन्द रावललाई महाधिवेशन प्रतिनिधि बनाएका छन् ।

divya collage
unigloble collage
baneshwor multiple campus ad -2083