आगामी निर्वाचनसम्म गठबन्धन रहन्छ : माधव नेपाल
वि.सं.२०७८ कात्तिक १२ शुक्रवार २१:११
6.67K
shares
shares

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान गठबन्धन आगामी निर्वाचनसम्म मिलेर जाने बताएका छन् । एकीकृत समाजवादी स्याङ्जाको पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा उनले देशैभरी एकीकृत समाजवादीमा जनलहर बढेको दाबी गरे ।कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले सबै नेपाली जनतालाई खोप लगाउने व्यवस्था मिलाउने बताउँदै अबको केही दिनपछि १२ वर्ष माथिका बालबालिकालाई खोप लगाउने बताए ।



















