काठमाडौं ३ को उम्मेदवारी निष्क्रिय पार्न माओवादीको निर्देशन

Nepal Life Insurance Long Ad

काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौं ३ बाट प्रतिनिधिसभा सदस्यको आफ्ना उम्मेदवारलाई उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएको छ।

माओवादी केन्द्रले क्षेत्र नम्बर ३ को प्रदेश सभा क को उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएको छ। सत्ता गठबन्धनको सिट बाँडफाँटमा त्यस क्षेत्र नेपाली कांग्रेसको भागमा परेको थियो। कांग्रेसकोतर्फबाट सन्तोष चालिसेले उम्मेदवारी दर्ता गरेका छन्।

काठमाडौं ३ मा माओवादी केन्द्रबाट बद्री बजगाईँले उम्मेदवारी दिएका थिए। प्रदेशसभामा काठमाडौं ३ क मा कपिलमुनि उप्रेतीले उम्मेदवारी दिएका थिए । प्रदेशसभाको ख मा भने मैत्रीपूर्ण प्रतिस्पर्धा हुने माओवादीको विज्ञप्तिमा उल्लेख गरेको छ

१७ कात्तिक २०७९, बिहीवार ०५:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु