निर्वाचन आयोग आचारसंहिता कार्यान्वयन गराउन झनै कठोर बन्दै

काठमाडौं। निर्वाचन आयोगले आचारसंहितालाई थप कडाइका साथ अनुगमन गर्न प्रमुख आयुक्त दिनेशकुमार थपलिया एक्सनमा आउने भएका छन् । आयोग मुख्यालयमा भएको पत्रकार सम्मेलनमा आयुक्त थपलियाले निर्वाचनको निष्ठा कायम गराउन आचारसंहिता कार्यान्वयन गराउन आयोग प्रतिबद्ध रहेको बताए ।
आचारसंहिता उल्लंघन अनुगमन गर्न केन्द्र र जिल्लामा बेग्लाबेग्लै अनुगमन समिति बनाइएको जानकारी दिँदै उनले केन्द्रमा केन्द्रीय अनुगमन समिति र जिल्लामा जिल्लास्तरीय अनुगमन समिति क्रियाशील रहेको बताए ।
१६ कात्तिक २०७९, बुधवार १५:३४ बजे प्रकाशित