टोपबहादुरलाई खोज्न सीआइबीले लग्यो सिंहदरबारबाट सीसीटिभी फुटेज

3.82K
shares

काठमाडौँ । नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा फरार रहेका एमाले सांसद टोपबहादुर रायमाझी खोज्न नेपाल प्रहरीले संसद सचिवालयबाट सीसीटिभी फुटेज लगेको छ ।

सीआइबीले रायमाझी खोज्न सहयोगका लागि संसद सचिवालयलाई पत्र लेख्दै सहयोग मागेको थियो। आज संसद सचिवालयबाट सीआईबीले सीसीटिभी फुटेज लगेको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले  जानकारी गराए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएपछि एमाले नेता तथा सांसद रायमाझी अघिल्लो बुधबारबाट फरार भएका थिए । त्यसपछि उनले वैशाख २५ गते संसद सचिवालयमा आफु बिरामी भएर संसदमा उपस्थित हुन नसकेको भन्ने ब्यहोराको पत्र पठाएका थिए । प्रहरीले खोजी गरिरहेको अवस्थामा रायमाझीको पत्र संसद सचिवालयमा आएपछि नेपाल प्रहरीको अनुसन्धान ब्युरो सीआइबीले सचिवालयलाई सहयोगका लागि अनुरोध सहितको पत्र पठाएको थियो ।

सोही पत्र बमोजिम सीआइबीले सभामुखको कार्यकक्ष आसपासको सीसीटीभी नियन्त्रणमा लिएको हो । स्रोतका अनुसार रायमाझीको पत्र बोकेर आउने मानिसको पहिचानका लागि उक्त सीसीटिभी सीआइबीले लगेको हो ।

 

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083