यूनेस्को अन्तर्राष्ट्रिय विशेषज्ञ समितिको कार्यशाला लुम्बिनीमा सुरु

7.11K
shares

लुम्बिनी। क्सबृहत्तर लुम्बिनी क्षेत्रका ऐतिहासिक, साँस्कृतिक सम्पदाहरूको दिगो संरक्षण, विकास र पर्यटन प्रवद्र्धनका विषयमा यूनेस्को अन्तर्राष्ट्रिय विशेषज्ञ समितिको कार्यशाला आईतबारदेखि लुम्बिनीमा शुरु भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, लुम्बिनी विकास कोष, पुरातात्व विभाग र यूनेस्कोको आयोजनामा तीन दिने कार्यशाला शुरु भएको हो । कार्यशाला उदघाटन समाराेहलाई सम्बाेधन गर्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले लुम्बिनी संसारभरका बाैद्वमार्गीहरूकाे आस्थाकाे केन्द्र भएकाले धार्मिक तीर्थालुहरुको आवश्यकतालाई पनि ख्याल गर्नुपर्ने बताए । लुम्बिनी विश्व शान्ति र बाैद्व शिक्षाकाे केन्द्र भएकाे बताउदै पुरातत्वको संरक्षणसँगै बाै शिक्षाका लागि ध्यान केन्द्र लगायतका न्यूनतम पूर्वाधारका लागि विज्ञ समितिले सहयाेग गर्नुपर्ने बताए ।

कार्यक्रममा सँस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सह–सचिव डा. सुरेश सुरस श्रेष्ठले जापानिज फन्ट ईन ट्रष्टकाे सहकार्य यूनस्काेद्वारा सञ्चालित परियाेजनाले प्राचीन कपिलबस्तुकाे तिलाैराकाेटलाई विश्व सम्पदा सूचीमा सुचिकरण गर्ने प्रक्रियामा सहयाेग गरेकाे बताए ।
पुरातात्विक अनुसन्धान, पुरातात्विक स्थल तथा स्मारकहरूकाे संरक्षण, स्थल व्यवस्थापनका लागि विद्मान गुरूयाेजनाकाे पुनराअवलाेकन एवम पुरातात्व विभाग र लुम्बिनि विकास काेषका कर्मचारीकाे क्षमता अभिबृद्विकाे काम यसअवधिमा भएकाे बताए ।
लुम्बिनि साँस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरूद्विन मुसलमानले लुम्बिनिकाे विकासमा स्थानीय सरकार सधै साथमा रहेकाे बताउदै बाहिर क्षेत्रकाे पनि विकास गर्न आग्रह गरे ।
पुरातत्व विभागका महानिर्देशक शाेभा प्रधानाङ्गा, यूनेस्को नेपाल प्रतिनिधि मिचाल क्राफ्टले बाेलेका थिए ।

यूनेस्को (जापानीज फण्ड इन ट्रष्ट) अन्तर्गत प्रत्येक वर्ष अन्तर्राष्ट्रिय विशेषज्ञ समितिको बैठक बस्दै आएको छ । लुम्बिनी क्षेत्रमा संरक्षणको मूल्य मान्यता राख्दै विकास गर्न सरकार, पुरातत्व विभाग, युनेस्को नेपाल र लुम्बिनी विकास कोषले स्वदेशी र विदेशी विशेषज्ञ सम्मिलित अन्तर्राष्ट्रिय विज्ञ समिति बनाइएको हो । यो समितिले वैचारीक रुपमा सम्पदा संरक्षणका सन्दर्भमा सुझाव दिने कार्य गर्छ ।
संयुक्त राष्ट्र संघको सहयोगमा केञ्जे टांगेले तयार पारेको लुम्बिनी गुरुयोजनाको मर्मअनुसार सम्पदा संरक्षणका संरचना बनाउनुपर्ने, बृहत्तर लुम्बिनी क्षेत्रमा पनि त्यही गुरुयोजनालाई अनुसरण गर्नुपर्ने विगतदेखि नै सुझाव दिदै आइरहेको छ ।
समितिको छलफलमा विश्व सम्पदा केन्द्र यूनेस्कोका सम्पदा विज्ञ प्रो. रोलान्ड लिन, अन्तर्राष्ट्रिय विज्ञ प्रा.डा. रविन कनिङहम, प्रा. डा. यूकियो निसिमुरा, विज्ञ डा. काई वाईज, , पुरातत्व विभागका महानिर्देशक शोभाग्य प्रधानाङ्गा, विभागका पूर्व महानिर्देशक कोषप्रसाद आचार्य, पुरातत्वविद् बसन्त विडारी, लुम्बिनि विकास काेषका सदस्य सचिव सानुराजा शाक्य, बरिष्ठ निर्देशक ज्ञानिन राई, बरिष्ठ पुरातत्व अधिकृत हिमालकुमार उप्रेती लगायतको उपस्थिती रहेको छ ।

तीनदिने कार्यशालामा बृहत्तर लुम्बिनी क्षेत्रमा हाल भईरहेका गतिविधि र सम्पदाकाे दिगमे संरक्षण र भावि याेजनाकाबे छलफल हुने कोषका बरिष्ठ निर्देशक ज्ञानिन राईले जानकारी दिए । कार्यशालाअघि अन्तर्राष्ट्रिय विशेषज्ञ समितिको टोलीले आईतबार विहान प्राचिन कपिलबस्तुको तिलौराकोट दरबार, कपिलबस्तु संग्रालय र लुम्बिनी स्थित मायादेवी मन्दिर क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो । कार्यशाला मंगलबार सकिनेयूनेस्काे कार्यक्रम सहायक निराना शाक्यले बताईन ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083