एआईजी सन्दिप भण्डारीद्वारा नेपाली सैनिक प्रतिष्ठान खरिपाटी भक्तपुरमा प्रशिक्षणरत शिक्षार्थी क्याडेटहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
वि.सं.२०८० चैत ४ आइतवार १९:३२
shares

काठमाडौ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा नेपाली सैनिक प्रतिष्ठान खरिपाटी भक्तपुरमा प्रशिक्षणरत शिक्षार्थी क्याडेटहरुले स्थलगत अवलोकन भ्रमण कार्यक्रम सम्पन्न गरेका छन् ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा नेपाली सैनिक प्रतिष्ठान खरिपाटी भक्तपुरमा प्रशिक्षणरत सि.सं. ६१ का अधिकृत क्याडेट, सि.सं. ३ का स्नातक अधिकृत क्याडेट र सि.सं. ५१ का पदीक तथा विल्लादार अधिकृत क्याडेट शिक्षार्थीहरु स्थलगत अवलोकन भ्रमणका लागि सहभागी भएका हुन् ।

प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले सम्पूर्ण शिक्षार्थीहरुलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको संक्षिप्त परिचय सहितको मन्तव्य राख्दै शिक्षार्थीहरुसँग अन्तरक्रिया गर्नुभएको थियो ।
सहभागी शिक्षार्थीहरुलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको हाताभित्र रहेको नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय महाराजगञ्जले प्रशिक्षण प्रदान गर्ने Outdoor Crime Scene, Court Simulation र Laboratory Visit कार्यक्रम समेत सम्पन्न भएको थियो ।






























