नियम कानुनको पालना गर्दै निष्पक्ष ढङ्गबाट काम गर्न डिआईजी यज्ञ बिनोद पोखरेलद्वारा निर्देशन

प्रहरी नायव महानिरीक्षक यज्ञ बिनोद पोखरेलद्वारा प्रहरी कार्यालय पर्साको निरीक्षण

Nepal Life Insurance Long Ad

पर्सा । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक यज्ञ बिनोद पोखरेलले जिल्ला प्रहरी कार्यालय पर्साको निरीक्षण गर्नु भएको छ ।

निरीक्षणकाे क्रममा कार्यालयका शाखाहरुबाट हुने कार्यहरुको अवस्था तथा शान्ति सुरक्षाको बारेमा जानकारी लिनु भयाे ।

साथै जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी कार्मचारी तथा मातहत प्रहरी कार्यालयका प्रमुखहरुलाई नियम कानुनको पालना गर्दै निष्पक्ष भई काम गर्न समेतलाई निर्देशन दिनु भएको थियाे ।

उक्त कार्यक्रममा पर्सा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुमाेद ढुङ्गेल, प्रहरी नायब उपरीक्षक, निरीक्षक , सिनियर /जुनियर प्रहरी अधिकृतहरुकाे उपस्थिति रहेको थियाे ।

४ चैत २०८०, आइतवार १८:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु