“ इतिहास लेख्न हिँडेको हुँ, जीवनी होइन”: रवि लामिछाने

143
shares

काठमाडौं । रवि लामिछानेले आफू व्यक्तिगत जीवनी निर्माणभन्दा इतिहास रचना गर्ने लक्ष्यका साथ राजनीतिमा आएको बताएका छन्।

आइतबार ‘सक्षम सांसद, सशक्त संसद्’ विषयक प्रशिक्षण कार्यक्रमको समापनमा सांसदहरूलाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

उनले आफू पार्टी सभापति, मन्त्री वा प्रधानमन्त्री बन्ने उद्देश्य मात्र लिएर राजनीतिमा नआएको स्पष्ट पारे। उनले भने “कसैलाई लाग्न सक्छ म पदका लागि हिँडेको हुँ, तर त्यो पूर्ण रूपमा भ्रम हो। म जीवनी लेख्न होइन, इतिहास लेख्न हिँडेको हुँ,”।

लामिछानेका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी अहिले इतिहास निर्माणको महत्वपूर्ण चरणमा उभिएको छ। उनले पार्टीका सांसदहरू नयाँ भए पनि निरन्तर सिक्ने र सिकाउने प्रक्रियामा सक्रिय रहनुपर्नेमा जोड दिए।

विश्व राजनीतिमा देखिएको परिवर्तनको बीचमा आफ्नो पार्टीको उदय भएको उल्लेख गर्दै उनले यसलाई अवसरका रूपमा लिनुपर्ने धारणा राखे।