धिक्कार छ दुईतिहाइ भन्दै कम्युनिस्ट मेयरले गरिन् राजिनामा घोषणा

14.7K
shares

नगर प्रमुख र कर्मचारीसँगको मतभेदका कारण उदयपुरको बेलका नगरपालिकाकी उपप्रमुख राजकुमारी चौधरीले राजीनामा दिने तयारी गरेकी छन् । नगरपालिकाभित्र भ्रष्टाचार, बेथिति, मनलाग्दी बढेको भन्दै उनले राजीनामा दिने बताएकी हुन् ।

डेढ वर्षदेखि आफूले उठाउँदै आएका कतिपय विषय, पार्टीको नगर सचिवालय बैठकका निर्णय नगर प्रमुख दुर्गाकुमार थापाले नमानेको उनले बताइन् । ‘न्यायिक समितिको प्रमुख भएर पनि म डेढ वर्षदेखि नगरपालिकाभित्रै अपमानित भएर बस्न बाध्य छु’, उनले भनिन्, ‘कर्मचारी, प्रहरी प्रशासन सबै मेयरले भनेको मात्र मान्ने, मैले भनेको केही नमान्ने हो भने मेरो औचित्य के रह्यो ?’

नगरपालिका उपप्रमुख पद पार्टीलाई जिम्मा लगाएर जनतासँग माफी माग्ने निष्कर्षमा पुगेको उनले बताइन् ।

‘हिनामिनासहितका कतिपय फाइल मैले लामो समयसम्म अड्काइदिएँ, मलाई अनेक खालका दबाब दिएर ती फाइल पास गराइएका छन् । भोलि भ्रष्टाचारमा म फस्दिनँ भन्ने के ग्यारेन्टी छ ? यो कुरा मैले पार्टीमा पनि राखेकी छु’, उनले भनिन्, ‘अब पार्टीले यसबारेमा के बोल्छ, त्यो हेरेर थप कदम चाल्छु ।’

नगरपालिकाभित्र भएका अनियमितता र मनलाग्दीका प्रमाण आफूसँग भएको उनले दाबी गरिन् । ‘नगरपालिकामा के–के भयो र भइरहेको छ, प्रमाण मसँग छ । स्काभेटर किन्दा १२ लाख भ्रष्टाचार भएको छ’, उनले आरोप लगाइन् ।

नगर प्रमुख थापाले भने आफू विधि र पद्धतिमा विश्वास गर्ने व्यक्ति भएको भन्दै आरोपहरू निराधार रहेको बताएका छन् ।

उनले आफूले नियमविपरीत कुनै पनि काम नगरेको र कसैले अनियमितताको प्रमाण लिएर आउँछ भने सजायको भागिदार हुन तयार रहेको बताए ।

बेलका नगरपालिका उदयपुरको पूर्व क्षेत्रमा रहेको नगरपालिका हो । नगरपालिकाका प्रमुख थापा र उपप्रमुख चौधरी तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083