महिना दिन भित्रमा प्रदेशमै चिया कफी बोर्ड स्थापना गर्छौ : मन्त्री ‘आङ्बो’

Nepal Life Insurance Long Ad

मोरङ । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले चिया तथा कफी बिकास बोर्डको स्वामित्व हस्तान्त्रण नगरे १ महिनाभित्र प्रदेशस्तरीय चिया कफी बोर्ड स्थापना गर्ने बताएका छन् ।

चिया उत्पादनको हिस्सा प्रदेश १ ले ९९ प्रतिशत ओगटेको छ । तर, चिया कफी बोर्ड भने केन्द्रीय तहमा रहेको बताउदै मन्त्री आङ्बोले १ महिना भित्र बोर्डको स्वामित्व प्रदेश तहमा नआए प्रदेश सरकारले प्रदेश स्तरीय चिया तथा कफी बोर्ड स्थापना गरी अघि बढ्ने बताएका हुन् । केन्द्रीय चिया सहकारी संघले विराटनगरमा आयोजना गरेको प्रदेश स्तरीय छलफलमा बोल्दै मन्त्री आङ्बोले केन्द्र सरकारले चासोनदिए मंसिर महिनापछि प्रदेश सरकार आफै बोर्ड गठन गर्ने बताए ।

चिया उत्पादनमा प्रदेश १ को योगदान ९९ प्रतिशत भएपनि बोर्डमा भने चियासँग सम्बन्धित क्षेत्रका व्यक्ति नभएका कारण चियाको बिकासमा समस्या भएको उनको भनाइ छ ।

प्रदेश सरकाले चिया अलैची अुदवा अम्रिसो जस्ता निर्यात जन्य बस्तुलाई निरुत्साहित गर्दै अघि बढ्ने बताउदै उनले चिया क्षेत्रको बिकासमा प्रदेश सरकार लागि परेको बताए ।कुल निर्यातको ४० प्रतिशत हिस्सा प्रदेश १ ले ओगटे छ । प्रदेश सरकारले निर्यात जन्य बस्तुको उत्पादनबृद्धिकालागि प्रर्वद्धन गर्ने उनले बताए ।

चिया खेतीसँगसँगै ‘चिया पर्यटन’ क्षेत्रको रुपमा पनि बिकास गर्न सकिने उनको भनाइ छ । इलामको कन्याम चिया पर्यटनका लागि उत्कृष्ट गन्तब्य हो । मन्त्री आङ्बो चिया खेतीलाई विस्तार गर्दै चिया पर्यटनको बिकास गर्न सके आन्तरिक तथा बाहृय पर्यटकहरुलाई पनि भित्रियाउन सकिने बताए ।

कमर्सियल बैंकमा सामन्तवादको झल्को

मन्त्री आङ्बाले सामान्तवादको अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र स्थापना भएपनि कमर्सियल बैंकमा नया सामान्तवादको झल्को देखिएको गुनासो गरे ।

राष्ट्र बैंकले ब्याजदर समायोजन गर्दा २,३ महिनासम्म कमर्सियल बैंकले लागू नगर्ने बताउँदै उनले पछिल्लो समय कमर्सियल बैंकहरुमा सामान्तवादको झल्को देखिएको बताएका हुन् । कमर्सियल बैंकको ब्याजदर र प्रकृयाका कारण साना लगानीकर्ता समस्यामा पर्ने बताउँदै उनले प्रदेश सरकार आफैले बैंक स्थापना गर्ने तर्फ अग्रसर रहेको बताए ।

कृषि तथा पूर्वाधार क्षेत्रको विकासकालागि प्रदेश सरकार आफैले बैंक स्थापना गर्नका लागि छलफल सुरु गरेको मन्त्री आङ्बोको भनाइ छ ।


कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी ईश्वर कार्कीद्वारा प्रहरी कार्यालय इलामको निरीक्षण

कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी ईश्वर कार्कीद्वारा प्रहरी कार्यालय इलामको निरीक्षण

२०८२ जेठ २९ बिहीवार

 ईलाम। कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रमुख  प्रहरी नायब महानिरीक्षक (डीआईजी)...

कोशी प्रदेश प्रहरी प्रमुख डिआईजी ईश्वर कार्कीद्वारा पदभार ग्रहण

कोशी प्रदेश प्रहरी प्रमुख डिआईजी ईश्वर कार्कीद्वारा पदभार ग्रहण

२०८२ वैशाख २८ आइतवार

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रमुखको रुपमा प्रहरी...

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट बिदा भए डिआईजी राजन अधिकारी

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट बिदा भए डिआईजी राजन अधिकारी

२०८२ वैशाख १४ आइतवार

विराटनगर। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट प्रहरी नायब महानिरीक्षक राजन...

प्रहरी कर्मचारीहरुलाई स्वास्थ्य उपचार सेवामा शुल्क छुट सुविधा उपलब्ध गराउने बिषयमा हस्ताक्षर सम्झौता कार्यक्रम सम्पन्न

प्रहरी कर्मचारीहरुलाई स्वास्थ्य उपचार सेवामा शुल्क छुट सुविधा उपलब्ध गराउने बिषयमा हस्ताक्षर सम्झौता कार्यक्रम सम्पन्न

२०८२ वैशाख १३ शनिवार

काठमाडौ ।  कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन...

डिआइजी राजन अधिकारीद्वारा मातहत प्रहरी प्रमुखहरुसंग Virtual माध्यमद्वारा निर्देशन

डिआइजी राजन अधिकारीद्वारा मातहत प्रहरी प्रमुखहरुसंग Virtual माध्यमद्वारा निर्देशन

२०८२ वैशाख ११ बिहीवार

बिराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन...

सिप सँगै रोजगार सम्झौता तथा तालिमको शुभारम्भ

सिप सँगै रोजगार सम्झौता तथा तालिमको शुभारम्भ

२०८२ वैशाख ३ बुधवार

बिराटनगर ।  अरिहन्त मल्टी फाइवर्स लिमिटेड विच सिप संगै रोजगार...