‘रोनाल्डो’ विनाको पोर्चुगल नेसन्स लिगको सेमिफाइनलमा

२०७५ मंसिर २ आइतवार
1.4K
shares
काठमाडौं । पोर्चुगल यूईएफए नेसन्स लिग फुटबलमा इटालीसँग बराबरी खेल्दै सेमिफाइनल प्रवेश गरेको छ ।
शनिबार राति समूह ए को थ्रीमा भएको खेलमा इटालीसँग पोर्चुगलले गोलरहित बराबरी खेलेसँगै सेमिफाइनल यात्रा तय गरेको हो । पोर्चुगल समुह ए थ्रीको शीर्ष स्थानमा रहंदै ७ अंक बनाएर एक खेल खेल्नु अघि नै सेमिफाइनल पुगेको हो ।
आफ्नै मैदानमा भएको खेलमा पनि इटालीले पोर्चुगललाई पराजित गर्न सकेन । विश्वचर्चित खेलाडी तथा पोर्चुगलका नियमित कप्तान क्रिस्टियानो रोनाल्डोविनै विनै मैदानमा उत्रिएको पोर्चुगलले खेल अवधिभर रक्षात्मक खेल खेलेको थियो ।
पहिलो हाफमा बराबरी खेलेको इटालीले दोस्रो हाफमा पनि बराबरी खेल्न पुग्यो । तर खेलअवधिभर इटालीले पोर्चुगललाई दबाबमा राखेको थियो । इटालीको ४ खेलबाट ५ अंक भएको छ ।

२०७५ मंसिर २ आइतवार