प्रदेशको नाम र राजधानीबारे सुझाव लिन सर्वदलीय बैठक

7.76K
shares

विराटनगर । प्रदेश नंं १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बिहिबार विराटनगरमा सर्वदलीय बैठक बसेको छ ।

मुख्यमन्त्री शेरधन राईको सभापतित्वमा बसेको बैठकले प्रदेशको स्थायी राजधानी, प्रदेशको नाम, प्रदेश समिति गठन र प्रदेश योजनाका सम्बन्धमा आ–आफ्नो राजनीतिक दलबाट सुझाव पेश गर्ने निर्णय गरेको छ ।

अर्को सर्वदलीय बैठकमा दलबाट प्राप्त सुझाव पेश गर्न आग्रह गरिएको प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताए । बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता रहेको थियो ।
रासस


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083