तेह्र घण्टा पछि त्रिभुवन विमानस्थल सुचारु

9.43K
shares

काठमाडौ। उडान भर्ने क्रममा विमान धावनमार्गभन्दा बाहिर चिप्लिएर घाँसे मैदानमा पुगेको मालिन्दो एयरको विमानलाई मैदानबाहिर तानिएको तेह्र घण्टा पछि त्रिभुवन विमानस्थल  सुचारु भएको छ । नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याण्डलिङ उपकरण तथा क्रेन प्रयोग गरेर विमानलाई तानिएको हो । विमान धावनमार्ग सकिएपछि १३० फिट दक्षिण पुगेको थियो ।

विमानस्थल सुचारु भएपछि अन्तर्राष्ट्रिय उडानमा हिजो डाइभर्ट गरिएर नयाँ दिल्ली र कोलकाता पुर्याएका विमानहरुलाई पहिलो प्राथमिकता दिइने प्रवक्ता ठाकुरले बताए । बिहिबार राती करिब १० देखि त्रिभुवन विमानस्थलको उडान प्रभावित बनेको थियो । हिजै फ्लाइ दुबई, चाइना साउर्दन एयरलाइन्स, एयर एरेबिया, मलेसियन एयरलाइनस लगायतका विमानहरुलाई कोलकाता र दिल्ली डाइभर्ट गरिएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083