नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न

78
shares

पाेखरा । नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेशको नयाँ ४० सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा गठन गरिएको छ। मिति २०८३ जेठ ११ गते पोखरास्थित होटल म्याजेस्टिकमा आयोजित कार्यक्रममा नयाँ कार्यसमिति घोषणा गरिएको हो। कार्यक्रम पूर्ण भक्ता दाहालको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा International Nepali Chef Central President अरुण अधिकारी, INCS UAE Chapter आबुधाबी क्षेत्रीय अध्यक्ष श्याम लाम्गादे लगायत गण्डकी प्रदेशका ११ वटै जिल्लाका नेपाली सेफहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

समितिले नेपालको मौलिक खान संस्कृति, पाककला तथा पर्यटन प्रवर्द्धनसँगै नेपाली सेफहरूको पेशागत क्षमता अभिवृद्धि गर्ने उद्देश्य लिएको जनाएको छ। साथै नेपाली खानालाई अन्तर्राष्ट्रिय स्तरसम्म प्रवर्द्धन गर्दै युवापुस्तालाई पाककलातर्फ आकर्षित गर्ने विश्वास व्यक्त गरिएको छ।
सोसाइटीले नेपाली सेफहरूको हकहित संरक्षण, दक्षता विकास तालिम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुकरी प्रतियोगिता, खाद्य संस्कृति संरक्षण तथा विश्वभर रहेका नेपाली सेफहरूबीच सहकार्य विस्तार गर्ने लक्ष्यसमेत अघि सारेको छ।
२०८३–२०८५ गण्डकी प्रदेश कार्यसमिति
सल्लाहकार मण्डल
संरक्षक सल्लाहकार – श्याम लाम्गाते
वरिष्ठ सल्लाहकार – भगत श्रेष्ठ
सल्लाहकार – तारा मगर
सल्लाहकार – गोविन्द लामिछाने
पदाधिकारी
अध्यक्ष – पूर्ण भक्ता दाहाल
उपाध्यक्ष – गोबिन्द खनाल
सचिव – राजेश सुनार
कोषाध्यक्ष – झम्क प्रसाद ढकाल
संस्थापक कार्यसमिति सदस्य – किशोर बास्तोला
कार्यसमिति सदस्य
राजेश धिमाल, पवन हमाल, भीम अधिकारी, रश्मि रोका मगर, अनुप बस्नेत तथा सन्तोष सुनार।
सदस्यहरू
रोशन गुरुङ, सुमन श्रेष्ठ, मोहन थापा, अनिल गुरुङ, रमेश सुनार, सुरज गुरुङ, सीताराम पौडेल, विकास बिके, बालकुमार पहाडी, मोहन कुमार साह, हरिकृष्ण नेपाली, रूपक बर्दुवा, महेन्द्र गुरुङ, गणेश बहादुर बानियाँ, जितु मगर, बेनीराम रास्कोटी, ऋषिराम बास्तोला, प्रदीप दाहाल, चिजकुमार गुरुङ, भीम थापा मगर, अमिन सारु मगर, सुसन गुरुङ, प्रदीप दर्नाल, रुपक बर्देवा, रमेश बिके तथा फडेन्द्र गुरुङ लगायत सदस्य रहेका छन्।
नवनिर्वाचित अध्यक्ष पूर्ण भक्ता दाहालसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083