भैरहवा तेक्वान्दो क्लबद्वारा आफ्नै कभर्डहलमा तेस्रो सिद्धार्थनगर आमन्त्रण प्रतियोगिता भव्य सम्पन्न

खेल पूर्वाधार विकास भने अझै अधुरै

806
shares

मुक्तिखबर ।सिद्धार्थनगर आमन्त्रण खुल्ला तेक्वान्दो प्रतियोगिता २०८३ भव्य रूपमा सम्पन्न भएको छ। भैरहवा तेक्वान्दो क्लबका अध्यक्ष एकनारायण अर्यालको अध्यक्षतामा संचालित उक्त ऐतिहासिक प्रतियोगिता क्लबकै आफ्नै कभर्ड हलमा भव्य रूपमा आयोजना गरिएको थियो। सीमित स्रोत र साधनका बाबजुद आफ्नै खेल पूर्वाधारमा प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेर क्लबले सकारात्मक नजिर बसाले पनि कभर्डहलको पूर्ण भौतिक तथा पूर्वाधार विकासका कामहरू भने अझै पनि अधुरै र बाँकी नै रहेका छन्। प्रतियोगिताको अन्तिम नतिजा अनुसार क्योरुगी अर्थात् फाइट तर्फ अन्नपूर्ण स्कुल र प्राविधिक विधा पुम्से तर्फ आयोजक भैरहवा तेक्वान्दो क्लबले समग्रमा च्याम्पियन बन्दै मुख्य उपाधि हात पार्न सफल भएका छन्।

अत्यन्तै प्रतिस्पर्धात्मक बनेको क्योरुगी विधामा रामग्रामा टेक्वान्दाे प्रथम, तिलाेत्तमा तेक्वान्दाे दाेस्राे र रामग्राम तेक्वान्दाे तृतीय भएकाे छ । त्यस्तै  अर्कोतर्फ, खेलाडीहरूको कला र सन्तुलन हेरिने प्राविधिक विधा पुम्से तर्फ आयोजक भैरहवा तेक्वान्दो क्लबले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान ओगट्न सफल भयो। पुम्से विधामा आर्या पब्लिक स्कुलले दोस्रो र तिलोत्तमा तेक्वान्दोले तेस्रो स्थान हासिल गर्दै ट्रफी चुम्न सफल भए।

भैरहवा तेक्वान्दो क्लबको कभर्ड हलमा आयोजित भव्य समापन तथा पुरस्कार वितरण समारोहमा राष्ट्रिय गान, मौन धारण र स्वागत मन्तव्य सँगै खेलकुद कार्यक्रमको औपचारिक समापन गरिएको थियो। विजेता खेलाडी तथा टिमहरूलाई मेडल, प्रमाणपत्र तथा मायाको चिनो वितरण गरिएको उक्त समारोहमा माउन्ट एभरेष्ट कत्था प्रा.ली. लाइफ मेम्बर क्लबका प्रबन्ध निर्देशक वसन्त रोका प्रमुख अतिथि रहनुभएको थियो। विशेष अतिथिका रूपमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कोशिस बहादुर खड्का र क्लबका संस्थापक उपाध्यक्ष चक बहादुर थापा उपस्थित हुनुहुन्थ्यो भने कार्यक्रमको संयोजन अवजेश कहरले गर्नुभएको थियो। समारोहमा सिद्धार्थनगर नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरू उज्ज्वल पोखरेल, पुरन प्रसाद श्रेष्ठ, विरेन्द्र श्रीवास्तव, कुमार गुरुङ लगायत स्थानीय जनप्रतिनिधि, खेल प्रेमी र भद्रभलादमीहरूको बाक्लो उपस्थिति रहेको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083